काभ्रेमा मंगलबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाका अनुसार थपिएका नयाँ संक्रमितमा जिल्ला प्रहरी कार्यालय धुलिखेलका दुई जना प्रहरी र धुलिखेलका एक जना सर्वसारधण रहेका छन् ।
यो सँगै जिल्लामा आज एकैदिन १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो विवरण अनुसार जिल्लामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९७ पुगेको छ । दुइ जनाको मृत्यु भइसकेको छ ।