अब बैंकमा घरजग्गा धितो राखेर साविकको भन्दा बढी कर्जा पाइने भएको छ । नेपाल राष्ट्र बैंकले बिहिबार एकीकृत निर्देशन जारी गर्दै जग्गाको मूल्यांकनमा पाईने कर्जाको अनुपात बढाएको हो ।
राष्ट्र बैंकले रियल स्टेट कर्जा लोन टु भ्यालु रेसियो ४० प्रतिशत बाट बढाएर ५० प्रतिशत कायम गरेको छ । यस अघि जग्गाको मुल्यांकनको ४० प्रतिअशत मात्र कर्जा पाइने व्यवस्था रहेकोमा अब जग्गाको मुल्यांकनको ५० प्रतिशतसम्म कर्जा पाइने भएको छ ।
निजी आवासीय घर कर्जा र नियमानुसार दर्ता भई सञ्चालनमा रहेका नेपाल सरकारबाट स्वीकृति प्राप्त घर निर्माण व्यवसाय कम्पनी/परियोजनाहरुलाई आवासीय घर निर्माणको लागि प्रदान गरिने कर्जाको हकमा मुल्यांकनको ६० प्रतिशतसम्म कर्जा प्रवाह हुने छ।