अमेरिकाले २०२५ को डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुला गरेको छ । गए रातिदेखि डीभीका लागि आवेदन खुलेको हो ।
१९ असोज बुधवारको राति ९:४५ बजेबाट खुला भएको आवेदन २२ कात्तिक २०७९ सम्म जारी रहने काठमाडौंस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ।
यसको समयसीमा कात्तिक २१ गते (नोभेम्बर ७) सम्म तोकिएको छ ।
डीभीको आवेदन निःशुल्क आफैँले भर्न सकिन्छ । आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा गएर हेर्न सकिने छ ।
फाराम भर्न आधिकारिक वेबसाइट http://www.dvlottery.state.gov मा गएर निर्देशनअनुसार प्रक्रिया पूरा गर्नुपर्नेछ ।
डीभी २०२५ को नतिजा सन् सन् २०२४ को मे ४ मा आउनेछ ।
विगतमा डिभी लोटरीमा सहभागी भएकाहरूले पनि यसपटक डिभी भर्न सक्नेछन् । साथै यसपटक पनि डीभी लोटरीमा सहभागी हुन पासपोर्ट अनिवार्य छैन ।
डिभीका लागि योग्य हुन १२ कक्षासम्मको अध्ययन वा तोकिएको कामको अनुभव भएको हुनुपर्छ ।