काठमाडौं । काठमाडौं उपत्यकामा थप १६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १६८ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।
प्रवक्ता गौतमका अनुसार उपत्यकामा आज थपिएका नयाँ संक्रमित काठमाडौंका १३९ जना, ललितपुरका १५ जना र भक्तपुरका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ रहेको छ । जसमा १७ हजार ४ सय ९५ जना निको भएर घर फर्किसकेका छन् ।