बलिउडका सबै भन्दा चर्चित र सफल अभिनेतामा पर्छन् सलमान खान। एक हिसाबले भन्ने हो भने सलमानले कयौं दशक बलिउडमा राज नै गरे। अझै पनि उनका चलचित्रहरु हिट हुन्छन्। भारतमा मात्र नभई विश्वभर चर्चित सलमानले केहि समय अगाडी मात्र आफ्नो ५६ औं जन्मदिन मनाए।
यो उमेर सम्म आइपुग्दा सलमानको निजी जीवनमा कयौं परिवर्तन आए। उनको कयौं नायिकाहरुसँग चक्कर चल्यो र ब्रेकअप पनि भयो। यसबीचमा सलमानको लुक देखि फेसन सम्ममा धेरै परिवर्तन देखियो। तर सलमानले अहिले सम्म आफ्नो हातमा लगाउने ब्रेसलेट भने खासै परिवर्तन गरेका छैनन्। लामो समय देखि उनको हातमा एक ब्रेसलेट देखिँदै आएको छ। भन्ने नै हो भने उक्त ब्रेसलेट सलमानको चिनारी नै हो।
ब्रेसलेटसँग के छ त्यस्तो विशेष सम्बन्ध ?
सलमानका लागि सो ब्रेसलेटले धेरै नै विशेष अर्थ राख्छन्। सो ब्रेसलेट सलमानलाई उनका पिता सलिम खानले दिएका हुन्। सलिमले पनि त्यस्तै प्रकारको ब्रेसलेट लगाउने गरेका छन्। सलमान चलचित्र क्षेत्रमा प्रवेश गर्दा सलिमले सो ब्रेसलेट दिएका थिए।सलमानको ब्रेसलेट एक पथ्थर पनि छ। उक्त पथ्थरलाई सलमानले फिरोजा नाम दिएका छन्। फिरोजाले आइपर्ने सबै समस्या र नकारात्मकताबाट बचाउने सलमानको विश्वास छ।
बलिउड सुपरस्टार सलमान खानको भारतमा मात्र नभई विभिन्न देशहरुमा राम्रो क्रेज छ। सन् १९८९मा चलचित्र ‘बीवी हो तोह ऐसी’बाट डेब्यु गरेका सलमानले अहिले सम्म कयौं हिट चलचित्र दिसकेका छन्।
सन् १९९० को दशकबाट सलमान बक्स अफिसमा लगातार राज गरिरहेका छन्। हाल सम्म उनका १ सय भन्दा बढी चलचित्र रिलिज भइसकेका छन्। सलमान बलिउडमा सबै भन्दा बढी हिट चलचित्र दिने कलाकारमा पर्छन्। १०० करोड क्लबमा सबै भन्दा बढी सलमानकै चलचित्र छन्।
सलमानका १ सय भन्दा बढी चलचित्र मध्ये १३ चलचित्र यस्ता पनि छन्, जसमा सलमानको नाम एकै छन्। यो सुनेर धेरैलाई अचम्म लाग्न सक्छ कि – सलमानले काम गरेका १३ चलचित्रहरुमा सलमानको नाम ‘प्रेम’ छ।सलमान खानको पहिलो सुपरहिट चलचित्र ‘मैंने प्यार किया’ सन् १९८९ मा रिलिज भएको थियो। सूरज बड़जात्याद्वारा निर्देशित उक्त चलचित्रमा सलमानले प्रेम नाम गरेको एक युवकको भूमिका निभाएका थिए।
हाल सम्म सलमानले सूरज बड़जात्याको निर्देशनमा ‘हम आपके हैं कौन’, ‘हम साथ साथ हैं’ र ‘प्रेम रतन धन पायो’ जस्ता चलचित्रमा काम गरिसकेका छन्। यी तीन चलचित्रमा पनि सलमानको नाम प्रेम छ।
प्रेम नामलाई लिएर एक किस्सा
सन् १९७७ मा राजश्री प्रोडक्शंसले एक चलचित्र निर्माण गरेको थियो। चलचित्रको नाम थियो ‘दुल्हन वही जो पिया मन भाए’। चलचित्रमा मूख्य नायकको नाम प्रेम कृष्ण थियो। चलचित्र त्यस समयमा हिट भएको थियो। प्रेम नाम राखे चलचित्र हिट हुने आशा सहित राजश्रीले हरेक चलचित्रमा सलमानको नाम प्रेम राखेको थियो।
राजश्रीले निर्माण गरेका बाहेक ‘अंदाज अपना अपना’, ‘मैंने प्यार क्यों किया’, ‘जुड़वा’, ‘दीवाना मस्ताना’, ‘बीवी नंबर 1’, ‘कहीं प्यार ना हो जाए’, ‘नो एंट्री’, ‘पार्टनर’, ‘रेडी’ जस्ता चलचित्रहरुमा पनि सलमानको नाम प्रेम राखिएको थियो।