काठमाडौ – इराकमा एक नेपाली युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरका ३६ वर्षीय दीपक कुमार लामा रहेका छन् ।
उनको इराकको कुर्दिस्तानमा आइतबार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ६ महिनादेखि दुवै मृगौला फेल भएपछि उनले आफ्नो उपचार गराउदै आएका थिए ।
डाइलोसिस गर्ने क्रममा बिरामी परेपछि उनी अस्पताल भर्ना भएका थिए । उनको उपचारकै क्रममा आइतबार अस्पतालको आइसीयूमा मृत्यु भएको हो ।