काठमाडौँ । फिल्म ‘ह्यासट्याग माया’को निर्माण कार्य अहिले रोकिएको छ । अभिनेता सारुक ताम्राकारको आत्महत्यासँगै फिल्मको सम्पूर्ण कार्य रोकिएको हो । फिल्म अव निर्माण हुन्छ, हुँदैन । अहिले भन्न सक्ने अवस्था छैन ।
सारुको निधनको दिनसम्म फिल्म छायाङ्कनमा थियो । फिल्मको लगभग ३५ प्रतिशत छायाङ्कन सकिएको थियो । सारुकको निधनपछि फिल्म फेरि पुरै छायाङ्कन गर्नुपर्ने चुनौती निर्माण युनिटलाई छ । फिल्मका निर्देशक राजीव गुरुङ हुन् ।
निर्देशक गुरुङ भने फिल्म निर्माण पुरा गर्ने सोचमा छन् । फिल्मको कलाकारदेखि प्राविधिकसम्मको लगानी भएकोले आफू चलचित्रलाई पूर्णता दिने पक्षमा रहेको निर्देशक गुरुङले बताए । ‘फिल्म निर्माणको विषयमा म साथीहरूसँग छलफलमा छु । सम्भवतः फिल्म निर्माण हुन्छ’, गुरुङले थपे ।
फिल्ममा अभिनेत्री नम्रता श्रेष्ठको मुख्य भूमिकामा छिन् । फिल्ममा रोयदीप श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सीके लगायत पनि कलाकारको रूपमा छन् ।फिल्मका कार्यकारी निर्मातामा अनुप पौडेल हुन् । फिल्म निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको लेखेका हुन् ।
मिस नेपाल २०१८ श्रृङ्खला खतिवडाले आफ्नो व्यक्तिगत जीवन खोतल्न धेरै मानिस पछि लागेको आरोप लगाएकी छन् । आफूले कसैको केही नबिगारे पनि आफ्नो पछि मानिसहरू लागेको उनको भनाइ रहेको छ ।
‘मैले कसैको केही बिगारेको छैन । मेरो पछि कति परेका हुन्’, उनले भनिन् ‘जति नै पछि परे पनि उनीहरूलाई दिने मसँग उत्तर छैन ।’
सञ्जय सिल्वाल गुप्तासँग पटकाष्टमा कुरा गर्दै खतिवडाले मानिसहरू आफ्नो जति नै पछि लागे पनि व्यक्तिगत जीवन भने नखोल्ने स्पष्ट पारेकी छन् ।
‘म पब्लिक पर्सन हो, थाहा छ’, उनले अगाडि भनेकी छन् ‘म मिस नेपाल हुँदा मेरो जीवनको व्यक्तिगत कुरा खोतल्छु भनेर कतै साइन गरेकी छैन ।’
‘मानिहरुले मेरो रियाक्सन खोजेको हो कि । डेढबर्ष भइसक्यो कति चिढाउने काम गरिरहेका हुन्’, उनले अगाडि भनिन् ‘तर म रियाक्सन दिन्न ।’
‘मानिसहरूले आफूबाट के खोजिरहेका थाहा छैन । त्यसको उत्तर मसँग पनि छैन, दिँदा पनि दिन्न’ उनी थप्छिन् ।
उनले आफ्नो पछि लाग्नेलाई जति उत्तर दिएपनि नपुग्ने धारणा समेत राखेकी छन् । भन्छिन्, ‘त्यो उहाँहरुको मेन्टालिटीको प्रोवलम हो । मेरो होइन ।’
खतिवडा पछिल्लो समय प्रेमका कारण चर्चा रहँदै आएकी छन् । उनको प्रेम र ब्रेकअपले मिडिया समेत राम्रो स्थान पाउने गरेको छ ।
केही समय अगाडि श्रृङ्खलाको नाम सञ्चार उद्यमी सम्भव सिरोहियासँग जोडिएको थियो । सिसन बानियासँग ब्रेकअपपछि उनी सिरोहियासँगको प्रेममा रहेको हल्ला छ । उनी सिरोहियाको एक पारिवारिक समारोहमा समेत सहभागी भएकी थिइन् ।