तनहुँ। राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले ५ हजार भन्दा बढी मतले अग्रता कायम गरेका छन्।
तनहुँ क्षेत्र नम्बर-१ उपनिर्वाचनको मतगणना आउने क्रम जारी रहँदा आफना मुख्य प्रतिस्पर्धी भन्दा वाग्लेले ५ हजार मतले अग्रता कायम गरेका हुन्। अहिलेसम्म २५ हजार ३ सय ६९ मतगणना सकिएको छ।
यसैगरी, जारी मतगणनाको पछिल्लो मतपरिणामअनुसार वाग्लेले १२ हजार ७०५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ७ हजार ६४७ मत प्राप्त गरेका छन्।
एमालेका सर्वेन्द्र खनालले ४ हजार २२० मतमा सिमित भएका छन्। मतगणना जारी छ।