काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै शुक्रबार सर्वोच्चले सो आदेश दिएको हो । यससँगै मिश्र ५० औं दिनमा हिरासत मुक्त भएका छन् ।
हिरासत मुक्त भएसमनगै तत्काललाई आफू हाजिर जमानतमा मात्र छुटेकाले धेरै खुशी हुने पक्षमा नरहेको उनले बताएका छन् ।
गत १५ चैतमा भएको राजावादीको हिंसात्मक आन्दोलनमा २ जनाको मृत्यु, २० जना प्रहरीको गोली लागेर घाइते, सार्वजनिक र निजी सम्पत्ति तोडफोड भएपछि प्रहरीले सोही दिन बेलुकी उनीसहित सांसद् धवलशमशेर राणालाई समेत पक्राउ गरेको थियो ।