एजेन्सी । ज्योतिष शास्त्रमा केही त्यस्ता उपाय बताइएका छन्, जसले आर्थिक समस्या अथवा ऋणबाट छुट्कारा पाउनका लागि सहयोगी हुन्छन् ।यस्तोमा आज हामी यही विषयसँग जोडिएको केही उपायका बारेमा बताउनेछौं ।
जो व्यक्तिको घरमा अत्यधिक आर्थिक समस्या भइरहेको छ उनीहरुले एक्काइसवटा शुक्रबारसम्म लगातार पाँच साना कन्यालाई खीरको प्रसाद बनाएर खुवाउने ।आर्थिक समस्या तथा ऋणबाट छुट्कारा पाउनका लागि कुनै पनि महिनाको शुक्ल पक्षको प्रथम बिहिबार विवाहित महिलालाई बिवाह सामग्री दानमा दिनुहोस् । विवाहको सामग्रीमा हातका चुरा, टिका, नङपालिस, सिन्दुर, रातो रिबन आदि अवश्य हुनु पर्दछ ।
यसो गरेमा तपाईंको ऋण विस्तारै तिरिँदै जानेछ । ज्योतिष शास्त्रमा बताइएअनुसार देवीको कृपाले आर्थिक तंगीका कारणले रोकिएका काम पनि बन्दै गरेको देखिनेछन् ।यदी तपाईंको पैसा कतै फसेको छ भने दैनिक सूर्यदेवलाई अर्घ्य दिनुहोस् । त्यस्तै नियमित रुपमा एउटै समयमा हुनुपर्छ साथमा ऊँ आदित्याय नमः गर्दै मनमनै प्रार्थना गर्नुहोस् ।
यी सबै त अध्यात्मसँग जोडिएका कुरा भए । तर कुनै पनि कार्यमा सफलता हासिल गर्नका लागि कडा मेहनत र परिश्रम गर्नु अनिवार्य हुन्छ ।यी भनेका मनलाई शान्त पार्ने तथा जीवनमा आशावादी हुनका लागि गरिने कार्य हुन् । त्यसैले मेहनत गर्नबाट कहिल्यै पछाडि नहट्नुहोस् । त्यसपछि हरेक काममा सफलता आफै हात पर्दै जानेछ ।