काठमाडौं । चलचित्र ‘मेयर’ को शीर्ष अभिनेत्रीमा वर्षा राउत अनुबन्धित भएकी छन् ।
बुधबार निर्माण कम्पनी र राउतबीच लिखित सहमति भएको हो ।
चलचित्रमा राउतले अभिनेता खगेन्द्र लामिछानेको अपोजिटमा अभिनय गर्ने जनाइएको छ । पहिलोपटक खगेन्द्र र वर्षाले स्क्रिन सेयर गर्न लागेका हुन्। यो चलचित्रमा अर्पण थापा यसअघि अनुबन्धित भइसकेका छन् । उनले यो सिनेमामा मेयरको भूमिका निर्वाह गर्नेछन् ।
चलचित्रको छायांकन फागुन १५ देखि सर्लाहीमा हुने जनाइएको छ । चलचित्रलाई पटकथा प्रोडक्सनले निर्माण गर्दैछ भने निर्देशक तथा निर्माताको रूपमा दीपेन्द्र के खनाल रहेका छन् ।
यो चलचित्र सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाको जीवनबारे प्रेरित हुने बताइएको छ ।
थापाको राजनीतिक यात्रालाई समेटेर कथानक चलचित्र बनाउन लागिएको हो ।