काठमाडौं । काठमाडौंको ठमेलस्थित लर्ड अफ ड्रिंक्स (एलओडी) क्लबमा राजश्व अनुसन्धान विभागको टोलीले छापा मारेको छ ।
राजश्वमा छली गरेको आशंकामा विभागले क्लवमा छापा मारेको जनाएको छ । राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले एलओडीले सरकारलाई तिर्ने गरेको करबारे बुझ्न खोजेको बताएका छन् । एलओडी क्लवको कागजातहरू नियन्त्रणमा लिएको ढुंगानाले बताएका छन् ।
विभागको टोली शुक्रबार राति एलओडीमा छापा मारेको छ । सादा पोशाकमा विभागका कर्मचारी र प्रहरी ग्राहक बनेर राति २ बजे एलओडी प्रवेश गरेका थिए । कर्मचारीले क्लवले गर्ने दर्शकको उपस्थिति, कारोबार र बिलका विषयमा अनुसन्धान गरेको जनाएका छन् ।
विभागले एलओडीको काउन्टरहरू पनि सिल गरेको छ । पैसा राख्ने खुत्रुकेहरू लगायतमा सिल गरेको छ ।