भारतको कर्नाटक उच्च अदालतले एक मुद्दामा श्रीमतीले श्रीमानलाई कलौटे भन्दै अपमान गरेमा त्यसलाई क्रूरताको आधार मानिने फैसला गरेको छ ।
ती व्यक्तिले २००७ मा विवाह गरेका थिए । श्रीमतीले उनलाई कलौटे भएको भन्दै छोडेको र यो ढाकछोप गर्न श्रीमान् विरुद्ध अवैध सम्बन्धको झुटो मुद्दासमेत दायर गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
त्यसपछि सन् २०१२ मा पतिले मानसिक उत्पीडनको आधारमा बैंगलोरको अदालतमा सम्बन्ध विच्छेदको याचिका दायर गरेका थिए। न्यायाधीश आलोक आराधे र अनन्त रामनाथ हेगडेको इजलासले आफ्नो फैसला सुनाउँदै भनेका छन्, ’श्रीमतीले श्रीमान्लाई कलौटे भन्दै अपमान गरिन्, जुन क्रूरता हो । ’
जसका कारण श्रीमानको सम्बन्ध विच्छेदको निवेदन स्वीकृत भएको थियो।