यश कुमार नेपाली गायक ,संगीतकार तथा अभिनेता हुन्। यश कुमारको जन्म सर्लाही जिल्लामा भएको थियो| उनले थुप्रै नेपाली चलचित्रहरूमा पनि आफ्नो स्वर दिइसकेका छन। यश कुमार बहुआयामिक, बहुप्रतिभाशाली ब्यक्ती जसको शब्द, संगीत र स्वरले जातित्व छुवाछुत गर्नेहरूमा सकारात्मक शन्देश प्रवाह गर्छ र उनले गाएका गीतहरू मध्ये ‘मैले छोएको पानी चल्दैन’ र ‘म आफ्नो शहरमा ईनार बनाउछु’ सबैभन्दा चर्चित गीतहरू हुन् | यिनी गीतहरूमा जातिय भेदभावको पिडा महशुश हुन्छ| आफ्नै गीत संगीतमा र रचनामा निपुण उसको रोमान्टिक गीतहरूमा माया प्रिती र बिछोडको भावना धेरै गहिरो हुञ्छ।
गायक यश कुमारको नयाँ गीत ‘सुस्तरी सुस्तरी’का शब्द हुन् यी । प्रेमभावमा यश कुमार स्वयंले शब्द रचना गरेको यो गीतमा संगीत पनि उनले नै भरेका छन् । गीतमा यशलाई अनु चौधरीले गायनमा साथ दिएकी छन् भने एरेन्ज एसके बच्चाले गरेका छन् ।
गीतको भिडियोमा सडकमा मकै पोलेर बेचेर गुजारा गर्ने युवती र नगरप्रहरी जवानबीचको प्रेम सम्बन्धको कथालाई उनिएको छ । जसमा यश कुमार र अनु थापाले अभिनय गरेका छन् । निकेश खड्काले निर्देशन गरेको म्युजिकल फिल्म भनिएको यो गीतको भिडियोमा राजेश घतानी, पन्छी तामाङ र अनिता लामाले पनि अभिनय गरेका छन् ।
भिडियोमा सडकमा व्यापार गर्नेका पीडा, नगरप्रहरीका बाध्यता र वैदेशिक रोजगारीका आयामलाई समेत चित्रण गरिएको छ ।यश कुमारकै कथा रहेको भिडियोलाई उत्तम हुमागाईंले खिचेका हुन् भने विकास धमलाले सम्पादन तथा कलर संयोजन गरेका छन् । गीतलाई ‘यश कुमार अफिसियल’ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।