काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पत्नी निकिता पौडेललाई आफ्नो प्रगतिबाहेक राजनीतमिा केही लिनु र दिनु नभएको टिप्पणी गरेका छन् । उनले कायरहरु निकितामाथि खनिएको भन्दै आक्रोश पोखेका छन् । रास्वपाका सांसद (निलम्बित) ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणमा कोर टिमको नाममा लामिछानेकी पत्नी निकिताको पनि नाम मुछिएर समाचार आएपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले निकितासँगको तस्विर साझा गर्दै लभ यु भनेका छन् । र, बिना कारण निकिताले सहनुपरेको बद्नामी र तनावप्रति कायरहरुको तर्फबाट आफूले क्षमा मागेको पनि लामिछानेको भनाई छ । उनले पिर नगर्न निकितालाई ढाडस दिएका छन् । उनले आफूहरु घेराबन्दी तोडेर जित्नेपनि दाबी गरेका छन् ।
उनले फेशबुकमा लेखेका छन्-
क आफैमा योग्य , सक्षम महिला जसलाई आफ्नो श्रीमानको प्रगति बाहेक राजनीतिमा केही लिनु दिनु छैन, कायरहरु उस माथि खनिएका छन्। बिना आधार, बिना प्रमाण कायरतापुर्वक गरिएको आक्रमणको हिसाब राखेका छौं। निराधार राखिएका समाचार र पोस्टहरु नहटाए कडा कानुनी प्रक्रियामा जान्छौ। प्रिय Nekita Poudel Lamichhane बिना कारण तिमीले सह्नु परेको बद्नामी र तनाव प्रति कायरहरुको तर्फबाट म क्षमा चाहन्छु। न पिर गर, हामी यो घेराबन्दी तोड्नेछौ, हामी जित्नेछौं। I Love you.
वडाध्यक्षको व्यक्तिगत खर्चमा विद्यार्थीको बिमा
त्रिशूली, ३० चैत (रासस) :
नुवाकोटको विदुर नगरपालिका–१२ का वडाध्यक्ष उपिन्द्र खड्काले वडाभित्रका विद्यालयमा अध्ययनरत सबै विद्यार्थीको आफ्नै खर्चमा ‘आकस्मिक दुर्घटना बिमा’ गर्नुभएको छ । उहाँले आफ्नै खर्चमा एक हजार दुई सय २० विद्यार्थीको बिमा गराउनुभएको हो ।
वडा नं १२ मा सञ्चालित आठ विद्यालयका विद्यार्थीलाई बिमा कार्यक्रममा समावेश भएको ‘निको इन्स्योरेन्स’का प्रतिनिधि रवीन्द्र रिजालले जानकारी दिनुभयो । बिमावापत प्रतिविद्यार्थी रु दुई सयका दरले एक वर्षको प्रिमियमवापत रु दुई लाख ४४ हजार वडाध्यक्ष खड्काले भुक्तानी दिनुभएको छ ।
बिमा गरेपश्चात विद्यार्थी दुर्घटनामा परे उपचार तथा औषधि सेवनका लागि लाग्ने सम्पूर्ण खर्च सोहीमार्फत दाबी भुक्तानी पाइने छ । चालु आर्थिक वर्षदेखि सुरु भएको आकस्मिक दुर्घटना बिमा कार्यक्रम पाँच वर्षसम्म कायम रहने वडाध्यक्ष खड्काले बताउनुभयो । वडाध्यक्षका रुपमा सरकारी सेवा सुविधाअन्तर्गत उहाँले मासिक रु २६ हजार छ सय ७० पाउँदै आउनुभएको छ । सो रकमबाट भुक्तानीको प्रबन्ध मिलाएको र बाँकी रकमसमेत वडाको शिक्षा र स्वास्थ्यका क्षेत्रमा खर्च गर्ने खड्काले बताउनुभयो ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा खड्का नेकपा (माओवादी केन्द्र)को तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।
–––