काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद् डा. ढाकाकुमार श्रेष्ठले आफूले कानूनी प्रक्रियामा अघि बढेको बताएका छन्। बुधबार बसुन्धरास्थित घण्टीघरमा गरिएको पत्रकार भेटघाटमा उनले आफूले न्यायका लागि आफू अदालदत गएको र क्लिन चिट पाएपछि मात्र बोल्ने बताएका हुन्।
उनले पार्टीले निलम्बन गरेर गरेको अनुसन्धानलाई स्वागतयोग्य भनेका छन्।‘पार्टीले निलम्बन गरेर अनुसन्धान गरेको प्रक्रियालाई स्वागतयोग्य ठानेको छु,’ उनले भने, ‘म हिजोबाट नै न्यायालय गइसकेको छु। न्यायालयमार्फत क्लिन चिट लिएर यसरी नै प्रेसमिट गर्नेछु।’
श्रेष्ठले आफ्नो कारणले पार्टी र उपचुनावमा परेको असरप्रति क्षमा माग्दै ह्वाट्सएपमा कुरा गरिएको भनिएको अडियो झुटो भएको र पार्टीका प्रतिनिधिलाई हराउनका लागि सुनियोजित षडयन्त्र भएको दाबी गरेका छन्। मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्नका लागि साढे दुई करोड मागेका
श्रेष्ठले पत्रकारहरुसँग कुरा गर्दै पार्टीलाई चुनावमा हराउने षड्यन्त्रका साथ अडियो बाहिर ल्याइएको बताए । आफूले बोलेको कुरा नै परस्पर विरोधी धारणा राखेका श्रेष्ठले अडियो भने आफ्नो नभएको दाबी गरेका थिए । उनले पार्टीका तर्फबाट गरिएको निलम्बनको भने स्वागत गरेको बताए ।
सांसद डा. ढाकाकुमार श्रेष्ठले पार्टीलाई उपनिर्वाचनमा हराउन आफ्नो अडियो सार्वजनिक गरिएको बताएका छन् । उनले उक्त अडियोमा सत्यता नरहेको र इडिटिङ गरेर बनाएको जिकिर गरे ।बुधबार पत्रकार सम्मेलन गरेर उनले गत जनवरी–फेब्रुअरीको अडियो अहिले सार्वजनिक गर्नु पनि सुनियोजित भएको दाबी गरे ।
‘यो अडियो केही पनि होइन, यो फसाइएको हो गत जनवरी, फेब्रुअरीमा भएको अडियो, अहिले ल्याएर हाल्नु भनेको हाम्रो पार्टीलाई चारतिरबाट प्रहार गरिएको हो, पार्टीलाई तीनवटै क्षेत्रमा हराउने सुनियोजित योजना हो’ उनले भने ।उनले भने, ‘न्यायालयबाट क्लिन चिट लिएर आउँछु त्यतिबेलासम्म धैर्य गर्नुहोला ।
मेरो कारणले पार्टी र उपनिर्वाचनलाई अफ्ठ्यारो स्थिति परेको छ । त्यसप्रति म क्षमाप्राथी छु । यो अडिओलाई ध्यानमा नराखी हाम्रो तीनै क्षेत्रका उम्मेदवारलाई सहयोग गर्नुहोला । यो अडिओ केही पनि होइन । सुनियोजित रुपमा ल्याइएको हो । फसाइएको हो ।
लगभग जनवरी, फेब्रुअरीतिर भएको अहिले ल्याएर हाल्नु भनेको हाम्रो पार्टीलाई सुनियोजित रुपमा चारैतिरबाट प्रहार गरेको हो । पार्टीको तीनैवटा क्षेत्रका उम्मेदवारलाई हराउने योजना हो । त्यसैले हामीलाई माया गर्नेहरुले हाम्रा तीनैवटा क्षेत्रका उम्मेदवारहरुलाई जिताइदिनुहोला ।’करिब ५ मिनेट लामो पत्रकार सम्मेलनमा उनले आफ्नो कुरा मात्र राखे ।
पत्रकारहरुको प्रश्नको जवाफ दिएनन् । पत्रकारहरुले जनवरीमा भएको कुराकानी भन्दै आफैंले स्वीकार गर्नुभयो नि भन्ने प्रश्न गरे पनि उनले जवाफ दिएनन् ।श्रेष्ठले आफू न्यायलयमा गइसकेको र क्लिनचिट लिएर आउने दाबी गरे । अहिले आफू राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्य पनि नरहेको भन्दै आफ्नो कारणले पार्टीलाई परेको असरप्रति क्षमा मागेका छन् ।