कोरियाली कार निर्माता कम्पनी हुन्डाईको लोकप्रिय एसयूभी क्रेटाको नयाँ एडिसन नेपाली बजारमा पनि भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई क्रेटाको नाइट एडिसन बजारमा उपलब्ध गराएको हो ।
एस प्लस भेरिएन्टको सो गाडीको धेरै भागमा रेड इन्सर्ट सहितको ब्ल्याक फिनिस उपलब्ध छ । साथै रेड क्यालिपरसहितको ब्ल्याक फिनिस अलोय ह्विल दिइएको छ ।
यसले ग्राहकको ‘बोल्ड’ र ‘स्पोर्टी’ डिजाइनको चाहना पूरा गर्ने कम्पनीको दाबी छ। गाडीको इन्टेरियर पनि रेड इन्सर्ट सहितको फुल ब्ल्याक कलरमा उपलब्ध छ ।
यस भेरिएन्फ्रटमा न्ट तथा साइड कर्टेन एयरब्याग, रियर डिस्क ब्रेक, स्मार्ट पानोरामिक सनरुफ, भेइकल स्टेबिलिटी म्यानेजमेन्ट, हिल असिस्ट कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल लगायतका विभिन्न फिचरसमेत उपलब्ध छन् ।
हाल सो गाडीको मूल्य ६४ लाख ९६ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।