चितवन । पेटभित्र रक्सीको बोतल भेटिएका रौतहटको एक युवक (नाम गोप्य राखिएको) ले पीडा सहन नसकेर मर्न पाए हुन्थ्यो जस्तो भएको बताएका छन् ।
काठमाडौँ । मदिराको सुरमा बोतल नै खाएका एक युवकले आँफ्नो दुखाईलाई शब्दमा बयान गर्न नसक्ने बताएका छन् । मदिराको सुरमा खाएको रक्सीको बोतल पेटमा पुगेका कारण त्यसले दिएको पिडा सहन नसकेर ति युवकले अस्पतालबाट डिस्चार्ज हुनु अघि मर्न पाए हुन्थ्यो जस्तो लागेको प्रतिक्रिया दिएका छन् । नाम गोप्य राखिएका ति युवकको तस्विर भने बाहिर आएको छ । उनी रौतहटका स्थायी बासिन्दा हुन् ।
साथीहरुसँग सँगै बसेर मदिरा सेवन गर्ने क्रममा मदिराको सुरमा बोतल नै खाएपछि अस्पताल आउँदा बोतलको आधा भाग पेटभित्र र आधा भाग ठूलो आन्द्राभित्रै रहेको अवस्थामा अस्पतालले भर्ना लिएको थियो । उनको शल्यक्रिया गरेका डाक्टर नारायण बेलबासेलाई उनी भगवान नै मान्छन् ।
भन्छन् डाक्टर बेलबासेले मलाई पुर्नजिवन दिनुभयो । मलाई मृत्युको मुखबाट बचाएको भन्दै आफ्ना लागि भगवान् भएको बताए । डाक्टर नारायण बेलबासेका अनुसार ति युवकको पेटभित्र दिसा फैलिएर आन्द्राहरू सबै सुन्निइसकेका थिए।
डा। बेलबासेको टिमले पेटभित्रको बोतल अपरेसन गरेर निकालेपछि घर फर्किनै लाग्दा ति युवक निकै खुशी देखिन्थे । गत फागुन तेस्रो साता उनी चितवन स्थित कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल ९सिएमएस० पुरानो मेडिकल कलेजमा भर्ना भएर उपचार सुरु गरेका थिए ।