• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ जेष्ठ ३, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • घट्यो सुनको मूल्य

    ५ घण्टा अघि

    प्राविधिक समस्याले बिजुली गएको हो, लोडसेडिङको भ्रममा नपरौँ : हितेन्द्रदेव शाक्य

    ६ घण्टा अघि

    काभ्रेमा चट्याङ परेर एउटा सिंगै रूख जल्यो

    ६ घण्टा अघि

    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    ९ घण्टा अघि

    थुनामुक्त भएपछि रविन्द्र भन्छन् – ‘म खुशी छैन’

    १0 घण्टा अघि

    हेर्नुहोस् २०८२ साल जेठ ३ गते शनिबारको राशिफल

    १0 घण्टा अघि

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    २ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    २ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    २ हफ्ता अघि
FLASH NEWS
  • १घट्यो सुनको मूल्य
  • २प्राविधिक समस्याले बिजुली गएको हो, लोडसेडिङको भ्रममा नपरौँ : हितेन्द्रदेव शाक्य
  • ३काभ्रेमा चट्याङ परेर एउटा सिंगै रूख जल्यो
  • ४आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • ५थुनामुक्त भएपछि रविन्द्र भन्छन् – ‘म खुशी छैन’
  • ६हेर्नुहोस् २०८२ साल जेठ ३ गते शनिबारको राशिफल
  • ७आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • ८हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ जेष्ठ ३, शनिबार
in
होमपेज / समाचार
  • ७७० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • धनकुटामा जन्मिएका सुजल अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएर अस्ट्रेलिया जाँदै

  • संदेश पत्र
  • २०७९ चैत्र ९, बिहिबार (२ साल अघि)
  • फाईल तस्विर

    काठमाडौं । राष्ट्रिय फुटबल टोलीका कप्तानसमेत रहिसकेका सुजल श्रेष्ठले नेपाल छाडेर अस्ट्रेलिया पलायन हुनुअघि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

    सुजलसँगै नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका रन्जित धिमाल पनि बिहीबार (आज) राति १२ बजेको उडानबाट अस्ट्रेलिया जाँदैछन् । उनीहरुले बेनी एफसीबाट अस्ट्रेलियामा स्थानीय फुटबल खेल्ने बताएका छन् ।

    राष्ट्रिय टिमबाट सन्यास लिएको जानकारी दिँदै सुजलले आफ्नो भविष्य र साथीहरु पनि उतै रहेकाले अस्ट्रेलिया यात्रा रोजेको अनलाइनखबरसँग बताएका छन् । उनी जारी शहीद स्मारक ए डिभिजन लिगमा साविक विजेता मछिन्द्रबाट खेलिरहेका थिए ।

    सुजलले टिममा युवा खेलाडीको आमगनसँगै आफ्ना विदाइको सही समय भएको बताएका छन् । ‘मेरो लागि यो नै सन्याशको उपयुक्त समय जस्तो लाग्छ । टिममा क्षमतावान युवा खेलाडीहरु आइरहेका छन् । उनीहरुलाई पनि अवसर दिनुपर्छ भन्ने सोचेँ,’ अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनुको कारणबारे सुजलले अनलाइनखबरसँग भने ।

    तत्कालका लागि अस्ट्रेलिया गएका उनले भविष्यमा नेपाल फर्केर क्लब फुटबलमा सक्रिय हुने सम्भावनालाई भने सुजलले नकारेका छैनन् । ‘क्लबस्तरमा अझै केही समय खेल्न सक्छु । उताको परिस्थिति अनुसार निर्णय गर्नेछु,’ उनले थपे ।

    सन् २०११ मा पोखरा रंगशालामा भएको मैत्रीपूर्ण खेलमा मिडफिल्डर सुजलले भुटानविरुद्ध डेब्यू गरेका थिए । उनले राष्ट्रिय टिमबाट ४५ खेलमा ३ गोल गरेका छन् । सुजलले सन् २०११ को विश्वकप छनोटमा टिमोर लिस्टेविरुद्ध पहिलो गोल गरेका थिए । त्यसपछि सन् २०१६ मा एएफसी सोलिडारिटी कपको फाइनलमा मकाउविरुद्ध र १ फेब्रुअरी सन् २०२२ मा भएको मौरिससविरद्धको मैत्रीपूर्ण खेलमा पनि उनले गोल गरेका थिए ।

    सुजलले सन् २०१९ मा म्यानमारविरुद्धको खेलमा सुजलले राष्ट्रिय टिमको कप्तानी पनि गरेका थिए ।

    २०७६ मंसिरमा नेपालमै आयोजित १३औं दक्षिण एसियाली खेलकुदमा उनकै कप्तानीले नेपालले फुटबलको स्वर्ण रक्षा गरेको थियो । घरेलु फुटबलमा मनाङ मस्र्याङ्दीमा ९ वर्ष विताएर २ लिग उपाधि जिताउन माहत्वपूर्ण योगदान गरेका सुजल पछिल्लो तीन सिजनदेखि मछिन्द्रमा अनुबन्धित थिए । मछिन्द्रबाट पनि उनले दुईवटा लिग उपाधि जितेका छन् ।

    धनकुटामा जन्मिएका सुजलले सानैदेखि फुटबल खेल्न परिवारको साथ पाएका थिए । उनले धनकुटाबाटै यू–१२ र यू–१४ को उमेर समूहका प्रतियोगिता खेलेर २०६० सालमा एन्फा एकेडेमीमा छनोट भएका थिए ।

    उनले नेपालका लागि यू-१४, यू–१६, यू–१९ र यू–२३ गरी सबै टिमबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । नेपालका पूर्व स्टार फुटबलर हरि खड्कालाई आफ्नो प्रेरणा मान्ने सुजलले सागमा कप्तानीको जिम्मेवारी पाउनुलाई आफ्नो करिअरकै गर्वको क्षण मानेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    २%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    प्राविधिक समस्याले बिजुली गएको हो, लोडसेडिङको भ्रममा नपरौँ : हितेन्द्रदेव शाक्य

    काभ्रेमा चट्याङ परेर एउटा सिंगै रूख जल्यो

    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    थुनामुक्त भएपछि रविन्द्र भन्छन् – ‘म खुशी छैन’

    ताजा समाचार
    १

    घट्यो सुनको मूल्य

    २

    प्राविधिक समस्याले बिजुली गएको हो, लोडसेडिङको भ्रममा नपरौँ : हितेन्द्रदेव शाक्य

    ३

    काभ्रेमा चट्याङ परेर एउटा सिंगै रूख जल्यो

    ४

    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    ५

    थुनामुक्त भएपछि रविन्द्र भन्छन् – ‘म खुशी छैन’

    ६

    हेर्नुहोस् २०८२ साल जेठ ३ गते शनिबारको राशिफल

    ७

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ८

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ९

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १०

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    समाचार
    थप

    प्राविधिक समस्याले बिजुली गएको हो, लोडसेडिङको भ्रममा नपरौँ : हितेन्द्रदेव शाक्य

    काभ्रेमा चट्याङ परेर एउटा सिंगै रूख जल्यो

    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    थुनामुक्त भएपछि रविन्द्र भन्छन् – ‘म खुशी छैन’

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution