• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ जेष्ठ ३, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • घट्यो सुनको मूल्य

    ४ घण्टा अघि

    प्राविधिक समस्याले बिजुली गएको हो, लोडसेडिङको भ्रममा नपरौँ : हितेन्द्रदेव शाक्य

    ५ घण्टा अघि

    काभ्रेमा चट्याङ परेर एउटा सिंगै रूख जल्यो

    ६ घण्टा अघि

    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    ८ घण्टा अघि

    थुनामुक्त भएपछि रविन्द्र भन्छन् – ‘म खुशी छैन’

    १0 घण्टा अघि

    हेर्नुहोस् २०८२ साल जेठ ३ गते शनिबारको राशिफल

    १0 घण्टा अघि

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    २ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    २ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    २ हफ्ता अघि
FLASH NEWS
  • १घट्यो सुनको मूल्य
  • २प्राविधिक समस्याले बिजुली गएको हो, लोडसेडिङको भ्रममा नपरौँ : हितेन्द्रदेव शाक्य
  • ३काभ्रेमा चट्याङ परेर एउटा सिंगै रूख जल्यो
  • ४आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • ५थुनामुक्त भएपछि रविन्द्र भन्छन् – ‘म खुशी छैन’
  • ६हेर्नुहोस् २०८२ साल जेठ ३ गते शनिबारको राशिफल
  • ७आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • ८हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ जेष्ठ ३, शनिबार
in
होमपेज / समाचार
  • २२५८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • यिनै हुन माता जस्ले ले पासपोर्ट छोयो कि भिसा लाग्ने

  • संदेश पत्र
  • २०७९ चैत्र ७, मंगलबार (२ साल अघि)
  • फाईल तस्विर

    काठमाडौं । झारफूक गरेर विरामी निको पार्ने धामी झाँक्रीको अन्धताका कारण धेरैले ज्यानै गुमाउँछन् । देशका दूर दराजको कुरा होइन, यहि काठमाडौंमा मानिसहरु पासपोर्टमा झारफूक गराए भिसा लाग्ने विश्वासमा परेका छन् ।

    पासपोर्ट फुकाउन जेनी श्रेष्ठ उर्फ मनोकामना माता कहाँ पुग्छन् । ती माताले जनही १५ सय शुल्क, पुजा सामाग्रीको ४५०, जुत्ता राखेको बेग्लै शुल्क लिएर यो कमाउ धन्दा चलाउँछिन् ।

    यो धन्दामा कसैलाई करकापमा त पारिएको छैन, तर सोझा सिधा मानिसहरुको सरलताको दुरुपयोग गर्दै कमाउ धन्दा चाहिँ चलाइएको छ । मनोकामना माताले कमाउन अवलम्वन गरेको यो कर्मकाण्ड कसरी पूरा हुन्छ त ? यो बुझ्न हामी भिसाको लागि आवेदन नगरेको र डेट एक्स्पाएर भएको पासपोर्ट लिएर माताकहाँ पुग्यौं ।

    तोकिएको शुल्क पाएपछि माताले भनिन् – अब भिसा लाग्छ । तर भिसा चाहिँ कसरी लाग्छ त ? भिसाको लागि आवेदन नै दिएको छैन भने । यीनि हुन् माता मनकामना अर्थात जेनि श्रेष्ठ । काठमाडौंको शोभाभगवती नजिकै उनको घर छ । घरको ढोकामा दुई जना सुरक्षा गार्ड छन् ।

    उनको घरमा कुनै एजुकेसन कन्सलटेन्सी वा कुनै म्यानपावर कम्पनीको कार्यलय छैन । तर, दैनिक हजारौ युवा पासपोर्ट बोकेर उनको घरमा लाम लाग्ने गरेका छन् । मनकामना माता भनिने, जेनिले पासपोर्ट छोएकै भरमा, भाकल गरेकै भरमा विदेश भिसा लाग्ने भनेर छरेको भ्रमका कारण मानिसहरु यो घरमा लाम लाग्ने गरेका छन ।

    सोझा सिधा मानिसहरुको विश्वासलाई दूरुपयोग गर्दै त्यसलाई कमाउधन्दा बनाएको भन्ने गुनासो प्राप्त भएपछि हामी वास्तविकता बुझ्न बिहीबार शोभाभगवती स्थित उनकै घरमा पुग्यौँ । बिहानै भएकाले भिड कम भएको उपस्थित मानिसहरुले जानकारी दिए ।

    मनोकामना माता भनिने जनी श्रेष्ठले के कस्ता आधारहरु विश्लेषण गरेर भिसा लाग्ने आश्वासन दिँदीरहिछिन् भन्ने हाम्रो चासो थियो । हाम्रो कार्यक्रमका सदस्यसँग रहेको मिति गुज्रिसकेको र कतै भिसाका लागि आवेदन समेत नदिएको पासपोर्ट हामीले मनोकामना माताका अगाडि राख्ने विचार ग¥यौं ।

    तर माताको सेवा शुल्क विज्ञ चिकित्सकको भन्दा पनि महँगो रहेछ । सामान्यतः नेपालमा विज्ञ चिकित्सकले विरामी परिक्षण गरेको सात सय रुपैयाँ लिन्छन् । तर माता मनोकामनाको सेवा सुल्क रहेछ १५ सय रुपैयाँ । र, यसमा चार सय ५० रुपैयाँको पूजा सामाग्री पनि माताकै घरमा किन्नु पर्ने रहेछ ।

    यो सहित जोड्दा माताको सेवा लिँदा कम्तिमा १९५० रुपैयाँ खर्च हुने देखियो । तोकिएको बमोजिम पूजाको सामाग्री र पासपोर्टमै १५ सय नगद राखेर लाइनमा आफ्नो पालो पर्खियौं । हामीले दिएको पुजाको सामाग्रीमा भएका फलफूल, तेल र धुप व्यवस्थापन गर्छिन् । र हामीले दिएको डेट एक्स्पाएर भइसकेका पासपार्टबाट १५ सय रुपैयाँ निकाल्छिन् ।

    अनि उनले ‘कुन देश जाने ?’ भन्ने प्रश्न गर्छिन् । हामीले अष्ट्रेलिया भन्न नपाई उनले हाम्रो लागि गरिदिने पूजाआजा सिध्याउँछिन् । १९ सय ५० रुपैयाँ तिरे बापतको सेवा पूरा गर्न माता मनोकामनालाई बढीमा एक मिनेटमै सिध्याइ दिन्छन् ।

    अर्थात माताले जम्मा १ मिनेट खर्च गरेर हामीबाट पनि १९५० रुपैयाँ बराबर असूली गर्छिन् । माताले गरिदिएको यो पूजापछि सात दिनसम्म सेवाग्राहीले घरमै धुप बाल्नु पर्ने नियम पनि उनले सिकाउँछिन् ।

    माताको दावीअनुसार अब केही दिन भित्र यो डेट एक्स्पाएर भएको र आवेदन समेत नगरेको पासपोर्टमा अष्ट्रेलियाको भिसा लाग्नेछ । यथार्थमा यस्तो कुनै सम्भावना छैन । तर माताले पैसा पाएपछि यस्ता आश्वासन दैनिक सयौंलाई बाँड्छिन् ।

    माताले पासपोर्ट पूजा गरेपछि कति प्रतिशतले भिसा प्राप्त गरे भन्ने कुनै आँकडा छैन । पासपोर्टमा पूजा गर्दा भिसा लाग्ने कुरा कुनै सनातनी विश्वासमा आधारित पनि छैन । तर पनि यो घरमा यस्तै अन्धविश्वासीहरुको भिड लाग्ने गर्छ ।

    हामीबाट सेवा शुल्क १५ सय र पुजा सामाग्रीको ४५० लिइ सकेपछि माताले फेरि तीन चार दिनमा १० वटा धुप लिएर आउन भनेकी छिन् । १० वटा धुपको मूल्य उनकै घरको पसलमा १ हजार पर्छ । यसरी किनिएको धुप बालेपछि भिसा लाग्ने लगभग निश्चित हुन्छ ।

    तर यदि दोस्रो पटक १ हजार तिर्दा पनि भिसा लागेन भने के गर्ने ? यो अवस्थामा पनि माताले आफ्नो कमाउ धन्दालाई रोक्दिनन् । तेस्रो पटक त ग्रह शान्ति गर्नु पर्छ भन्दै उनले पाँच हजार रुपैयाँ लिएर आउन भन्छिन् ।

    मातालाई कुन पासपोर्टमा भिसा लाग्छ, कुनमा लाग्दैन भन्ने हेक्का पनि छैन । उनले पासपोर्टको मिति समेत हेर्दिनन् । तर उनी आवेदन नै नदिएको अवस्थामा पनि भिसा लाग्छ भन्दै रकम असुली गरिरहन्छिन् ।

    माताले भनेको खुरुखुरु मान्दै जानेले तीन पटक यहाँ पुग्दा कम्तिमा ७ हजार ९५० रुपैयाँ रित्याइ सकेको हुन्छ । यी माताको घरमा दैनिक २ हजार ५ सयसम्म मानिसहरु पुग्ने गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%४%१%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    प्राविधिक समस्याले बिजुली गएको हो, लोडसेडिङको भ्रममा नपरौँ : हितेन्द्रदेव शाक्य

    काभ्रेमा चट्याङ परेर एउटा सिंगै रूख जल्यो

    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    थुनामुक्त भएपछि रविन्द्र भन्छन् – ‘म खुशी छैन’

    ताजा समाचार
    १

    घट्यो सुनको मूल्य

    २

    प्राविधिक समस्याले बिजुली गएको हो, लोडसेडिङको भ्रममा नपरौँ : हितेन्द्रदेव शाक्य

    ३

    काभ्रेमा चट्याङ परेर एउटा सिंगै रूख जल्यो

    ४

    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    ५

    थुनामुक्त भएपछि रविन्द्र भन्छन् – ‘म खुशी छैन’

    ६

    हेर्नुहोस् २०८२ साल जेठ ३ गते शनिबारको राशिफल

    ७

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ८

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ९

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १०

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    समाचार
    थप

    प्राविधिक समस्याले बिजुली गएको हो, लोडसेडिङको भ्रममा नपरौँ : हितेन्द्रदेव शाक्य

    काभ्रेमा चट्याङ परेर एउटा सिंगै रूख जल्यो

    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    थुनामुक्त भएपछि रविन्द्र भन्छन् – ‘म खुशी छैन’

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution