काठमाडौँ । सरकारले पहिलो पटक क्यालेन्टरमै जनयुद्ध दिवसलाई समेटेको छ । २०७९ सालमा मन्त्रिपरिषद्बाट आकस्मिक निर्णय गराएर फागुन १ को जनयुद्ध दिवसमा बिदा दिएको प्रचण्ड नेतृत्वको सरकारले २०८० सालमा पनि बिदा दिनेगरी क्यालेन्टरमै बिदाको सूची समेटेको छ।
गृह मन्त्रालयले प्रकाशित गरेको २०८० सालको बिदाको सूचीअनुसार दिवस विदाअन्तरगत फागुन १ गते जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने उल्लेख छ । यस्तै पुस २७ गते पृथ्वी जयन्तीका दिन पनि सार्वजनिक बिदा दिने राजपत्रमा उल्लेख छ ।
यसबाहेक विश्व मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, प्रजातन्त्र दिवस र अन्तर्राष्ट्रिय महिला दिवसमा पनि सार्वजनिक बिदा दिने सरकारी निर्णय छ।