• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ जेष्ठ १, बुधबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ जेष्ठ १, बुधबार
in
होमपेज / बागमती
  • ५८३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • बनेपामा अर्को धार्मिक पर्यटकीय गन्तव्य ‘ब्रम्हायणी पार्क’

  • संदेश पत्र
  • २०७९ श्रावण २९, आईतबार (२ साल अघि)
  • फाईल तस्विर

    बनेपा। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ स्थित नालामा रहेको भूइँचालोडाँडामा अर्को नयाँ गन्तव्य बनेको छ।

    महादेव खोला ब्रम्हायाणी उत्तरगया विकास समाजको आयोजनामा भएको महायज्ञबाट सङ्कलित रकममध्येबाट ‘ब्रम्हायणी पार्क’ निर्माणका लागि रु एक करोड पाँच लाखमा ठेक्का सम्झौता गरी सो पार्क निर्माण कार्य पूरा भएपछि सबैको आकर्षणको केन्द्र बन्ने आशा स्थानीय बासिन्दाको छ। जिल्लाको पुरानो बजारमध्येको एक महत्वपूर्ण बजार नाला ऐतिहासिक तथा धार्मिक हिसाबले करुणामाई र नाला भगवती मन्दिरलगायतका मन्दिर नै मन्दिर रहेको नाला धार्मिक पर्यटनका हिसाबले थप आकर्षक बन्ने भएको छ।

    निर्माणाधीन अवस्थामा रहेको पार्क अन्तिम चरणमा पुगेसँगै अहिले सो ठाउँमा घुम्न जानेको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदै गएको छ। अब पार्क निर्माणकार्य सम्पन्न भएपछि धार्मिक पर्यटनको केन्द्र बन्ने स्थानीय बासिन्दा बताउँछन्। बनेपा–२ की सरिता रोक्काले पार्क निर्माणकार्य सुरु भएसँगै घुम्नका लागि धेरै मानिस आउने गरेको बताए। “बनाउन सुरु गरेको ५/६ महिना भयो, अब अन्तिम चरणमा पुगेको देखिएको छ, यो निर्माण सम्पन्न भएपछि घुम्न आउनेको सङ्ख्यामा वृद्धि हुने सम्भावना बढ्दै गएको छ”, उनले भने।

    अर्का स्थानीय बासिन्दा शङ्कर गौतम र वसन्त सञ्जेलले महायज्ञबाट सङ्कलन भएको रकमले पार्क निर्माणकार्य थालेपछि नालाको भूइँचालो डाँडाको मुहार नै फेरिएको बताए। राम्रो पार्क निर्माण भएकाले नाला पर्यटकका लागि आकर्षक केन्द्र बन्नेमा उनीहरुको विश्वास रहेको छ।

    महादेव खोला ब्रम्हायाणी उत्तरगया विकास समाजमा अध्यक्ष पुरुषोत्तम सापकोटाले नाला क्षेत्रलाई धार्मिक पर्यटनको विकासमा थप टेवा पु¥याउनका लागि पनि सो क्षेत्रमा ब्रम्हायणीको पूर्ण कदको मूर्तिसहित पार्क निर्माण गरेको बताए। नेपालमा अहिलेसम्म विष्णु, शिव, गणेश, भगवती, गौतमबुद्ध लगायको ठूला मूर्ति र पार्क छन्, तर ब्रम्हाको अहिलेसम्म यसरी ठूलो मूर्तिसहितको पार्क नभएकाले यो एउटा फरक खालको धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्न सकिन्छ भन्ने उद्देश्यले पनि पार्क(उद्यान) निर्माण कार्य सुरु गरेको सापकोटाले बताए।

    यसअघि २०७२ मङ्सिरमा रुद्रयज्ञ गरेर करिब रु एक करोड ७२ लाख रकम सङ्कलन भएकामा आयोजना खर्च कटाएर पार्क बनाइएको ठाउँको तल रहेको महादेवथानमा विभिन्न भौतिक संरचना निर्माण गरेर बाँकी रहेको रकमबाट ब्रम्हायणी पार्क निर्माण कार्य सुरु गरेको उनले बताए। अहिले सो ठाउँमा करिब ९० रोपनी क्षेत्रफलमा फैलिएमध्येको खाली क्षेत्रमा पार्कसहितको बगैँचा निर्माण गर्ने काममा समिति लागिरहेको छ।

    नाला क्षेत्र देवीदेवताका मन्दिर नै मन्दिर भएको मात्र नभएर यस क्षेत्रमा ६४ वटा इनार, आठ वटा पोखरी, चार दिशमा गणेश र अष्टमात्रिका(चामुण्डा, कालिका, महेश्वरी, ब्रम्हायणी, अम्बिका) लगायतले घेरिएको र बीचमा उग्रचण्डी भगवती रहेको ठाउँ भएको धार्मिक क्षेत्र हो।

    त्यस्तै नाला प्रवेश गर्ने ठाउँ सातद्वार(सात वटा ढोका) रहेको क्षेत्रसमेत रहेको ऐतिहासिक क्षेत्रका रुपमा नाला बजार परिचित छ। अहिले निर्माण गरिरहेको पार्कको पश्चिम क्षेत्रमा वृद्धवृद्धाका लागिसमेत हुनेगरी थेरापी पार्क निर्माण गर्ने र त्यसको माथि रहेको क्षेत्रमा परापूर्वकालदेखि रहेको ब्रम्हायणी मन्दिरको भग्नावषेश रहेको त्यससँगै पिकनिकपार्क निर्माण भइसकेको समितिले जनाएको छ।

    वडा र नगरपालिकाको सहयोगबिना नै निर्माण भइरहेको काममा अब थप विकास गर्नका लागि स्थानीय सरकारबाट सहयोगको अपेक्षा गरेको समितिका अध्यक्ष सापकाटाले बताए। नालाको सो क्षेत्र पुग्न बनेपा दोबाटोबाट करिब साँढे तीन किलोमिटर पार गरेपछि ब्रम्हायणी पार्कमा पुग्न सकिन्छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution