बाँके – बाँकेमा कोरोनाभाइरसको संक्रमणबाट एकैदिन ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका आठ, कैलालीका दुई र बर्दियाका एक जना रहेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनीहरु सबैको बिहिबार बाँके अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ निवासी ६० वर्षीय पुरुष, वडा नं ९ निवासी ४२ वर्षीय पुरुष, वडा नं ५ निवासी ५५ वर्षीय पुरुष, वडा नं ८ निवासी ३३ वर्षीय पुरुष, वडा नं १७ निवासी ६८ वर्षीय पुरुष, कोहलपुर नगरपालिका–११ निवासी ४३ वर्षीया महिला, वडा नं १३ निवासी ५० वर्षीय पुरुष र खजुरा गाउँपालिका–२ निवासी ६७ वर्षीया महिला रहेका छन् ।
यस्तै बाँकेमा उपचारका लागि आएका बढैयाताल गाउँपालिका–८ बर्दिया निवासी ३२ वर्षीय पुरुष, लम्कीचुहा नगरपालिका वडा नं १ कैलाली निवासी ४३ वर्षीय पुरुष र टीकापुर नगरपालिका कैलाली निवासी ५१ वर्षीय महिला रहेका छन् ।
यससँगै बाँकेमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय १० पुगेको छ ।