• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ जेष्ठ ३, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • घट्यो सुनको मूल्य

    ९ घण्टा अघि

    प्राविधिक समस्याले बिजुली गएको हो, लोडसेडिङको भ्रममा नपरौँ : हितेन्द्रदेव शाक्य

    १0 घण्टा अघि

    काभ्रेमा चट्याङ परेर एउटा सिंगै रूख जल्यो

    ११ घण्टा अघि

    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    १३ घण्टा अघि

    थुनामुक्त भएपछि रविन्द्र भन्छन् – ‘म खुशी छैन’

    १४ घण्टा अघि

    हेर्नुहोस् २०८२ साल जेठ ३ गते शनिबारको राशिफल

    १४ घण्टा अघि

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    २ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    २ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    २ हफ्ता अघि
FLASH NEWS
  • १घट्यो सुनको मूल्य
  • २प्राविधिक समस्याले बिजुली गएको हो, लोडसेडिङको भ्रममा नपरौँ : हितेन्द्रदेव शाक्य
  • ३काभ्रेमा चट्याङ परेर एउटा सिंगै रूख जल्यो
  • ४आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • ५थुनामुक्त भएपछि रविन्द्र भन्छन् – ‘म खुशी छैन’
  • ६हेर्नुहोस् २०८२ साल जेठ ३ गते शनिबारको राशिफल
  • ७आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • ८हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ जेष्ठ ३, शनिबार
in
होमपेज / अन्तर्राष्ट्रिय
  • ११८८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • भारतीय जेट फाइटर र ठूला हेलिकप्टर नेपाली आकाशमा

  • संदेश पत्र
  • २०७७ भाद्र २१, आईतबार (४ साल अघि)
  • फाईल तस्विर

    काठमाडाैँ । चीनसँग लद्दाख सीमा क्षेत्रमा तनाव बढेपछि भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा केही दिनयता सुरक्षा फौजको तैनाथी बढाएको छ ।

    त्रिदेशीय सीमानजिकको यो नेपाली भूमिमा उसले वर्षौंदेखि सुरक्षा फौज तैनाथ गरेको छ । चीनसँग उसको पछिल्लो तनावपछि सुरक्षा फौजको संख्यामा उल्लेख्य वृद्धि गरेको हो ।

    लद्दाखमा तनाव बढेसँगै भारतले ३/४ दिनयता कालापानी र लिपुलेक क्षेत्रमा अर्द्धसैनिक बल एसएसबी, भारत–तिब्बत बोर्डर पुलिससँगै सेनासमेत परिचालन गरेको हो ।

    उत्तराखण्ड राज्यको पिथौरागढ–धार्चुला हुँदै सुरक्षा फौजका गाडीहरू ‘अग्रिम मोर्चा’ तर्फ गइरहेका छन् । यसका साथै भारतीय वायु सेनाका हेलिकप्टर र विमानले हवाई गस्ती तीव्र बनाएको स्थानीय बताउँछन् ।

    केही दिनयता नियमित रूपमा दार्चुलाको व्यास क्षेत्रमा भारतीय वायु सेनाको जेट लडाकु विमानले दैनिक चार/पाँच पटक उडान भर्ने गरेका छन् ।

    ‘करिब एक साता हुँदै छ, भारतीय जेट फाइटर र ठूला हेलिकप्टर देखिँदै छन्,’ व्यासका एक स्थानीयले भने, ‘चीनले सीमानजिक सैनिक गतिविधि बढाउन थालेको भन्दै भारतले यो क्षेत्रमा हवाई गस्ती बढाएको बुझिएको छ ।’ बस्तीमाथिको नेपाली आकाशमा पनि कहिलेकाहीं जेट विमान देखिन थालेका छन् ।

    माथिल्लो कौवा क्षेत्रको आकाशमा सधैंजसो उडान भइरहेको उनले बताएकाे खबर कान्तिपुर दैनिकमा मनोज बडूले लेखेका छन् । ।

    बिहीबार भने दार्चुला सदरमुकाम खलंगा आसपासबाटै भारतीय विमानले गस्ती गरेको थियो । प्रत्यक्षदर्शीका अनुसार धूवाँको मुस्लो बनाएर दुई जेट विमान ‘माथिल्लो क्षेत्रतिर’ गएका थिए ।

    ‘एउटा विमान दार्चुला सदरमुकामनजिक छापरीको डाँडामाथि भएर उडेको थियो,’ छापरीका स्थानीय हरकसिंह कार्कीले भने, ‘अर्को भने छापरीपारि (भारत) को धार्चुलाकोटको डाँडा भएर उत्तरी सीमातिर उडेको थियो ।’

    सीमामा तैनाथ नेपाली सुरक्षा निकायले पनि लद्दाखमा तनाव बढेपछि भारतले दार्चुलाको त्रिदेशीय सीमा क्षेत्रमा सैनिक गतिविधि बढाएको बुझिएको जनाएको छ ।

    सशस्त्र प्रहरीका एसपी नरेन्द्र बमका अनुसार एक सातादेखि भारतले आफ्नो क्षेत्रमा सुरक्षाकर्मीको परिचालन बढाएको छ ।

    के कति संख्यामा भन्ने नदेखिए पनि सुरक्षा तैनाथी बढाएको सुन्नमा आएको उनको भनाइ छ ।

    दार्चुला सदरमुकाम पारि धार्चुलादेखि कालापानीसम्मको सीमा क्षेत्रमा भारतीय अर्द्धसैनिक बल एसएसबीले कडा निगरानी गरिरहेको छ ।

    एसएसबीले सीमा क्षेत्रको गस्तीसमेत बढाएको छ । भारतले लिपुलेकसम्मको सडक सञ्चालनमा ल्याएदेखि सेनाको हवाई उडान घटाए पनि स्थलमार्गबाट धेरै गाडी दिनहुँ कालापानी क्षेत्रमा जाने गरेका छन् ।

    पछिल्लो समय सशस्त्र प्रहरीको छाङरु पोस्टका सुरक्षाकर्मीले भदौ ८ देखि ११ सम्म टिंकर क्षेत्र र शनिबार कौवा क्षेत्रमा गस्ती गरेको थियो ।

    सीमा क्षेत्रको अवस्था बुझ्न गस्ती र निगरानी बढाएको एसपी बमले बताए । ‘गस्ती पुगेको ठाउॅसम्म विदेशीको अस्वाभाविक गतिविधि भेटिएन,’ उनले भने, ‘सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीसित समन्वय गरेर गतिविधि बढाइएको छ ।’

    धूवाँको मुस्लो छाड्दै आफ्नो क्षेत्रमा लडाकु विमान तारन्तार उड्न थालेपछि स्थानीय ‘कतै भारत र चीनबीच युद्ध हुन लागेको त होइन’ भन्ने आशंकाले त्रसित छन् ।

    युद्ध भइहाले त्यसको प्रत्यक्ष प्रभाव आफूहरूमा पर्ने भएकाले पनि भारतीय सैनिक गतिविधिका कारण उनीहरूमा चिन्ता बढेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    महिलासँग डराएर ५५ वर्षसम्म गुप्तवास यस्तो अबस्थामा भेटियो

    ६.४ म्याग्नीच्युडको भूकम्पको धक्का, चार जना घाइते

    कोरियामा १८१ जना सवार विमान दुर्घटना

    मेसीको भन्दा रोनाल्डोको आम्दानी दोब्बर !

    ताजा समाचार
    १

    घट्यो सुनको मूल्य

    २

    प्राविधिक समस्याले बिजुली गएको हो, लोडसेडिङको भ्रममा नपरौँ : हितेन्द्रदेव शाक्य

    ३

    काभ्रेमा चट्याङ परेर एउटा सिंगै रूख जल्यो

    ४

    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    ५

    थुनामुक्त भएपछि रविन्द्र भन्छन् – ‘म खुशी छैन’

    ६

    हेर्नुहोस् २०८२ साल जेठ ३ गते शनिबारको राशिफल

    ७

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ८

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ९

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १०

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    समाचार
    थप

    प्राविधिक समस्याले बिजुली गएको हो, लोडसेडिङको भ्रममा नपरौँ : हितेन्द्रदेव शाक्य

    काभ्रेमा चट्याङ परेर एउटा सिंगै रूख जल्यो

    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    थुनामुक्त भएपछि रविन्द्र भन्छन् – ‘म खुशी छैन’

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    news.sandeshpatra@gmail.com
    sandesh@sandeshpatra.com
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution