सर्पको टोकाइबाट सल्यानका एकजना बालकको दाङमा मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान बागचौर नगरपालिका–४ पेदीखोला घर भई हाल शान्तिनगर गाउँपालिका ७ मामाघरमा गएका १६ वर्षिय मनोज वली रहेका छ ।
गराइच नामक सर्पले घरमा सुतिरहेको अवस्थामा आइतबार राती टोकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।
सर्पले टोकेपछि उनलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएको थियो । उनको राप्ती प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको भएपनि उपचारको क्रममा सोमबार बिहान ५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनि अध्ययनका लागि तुलसीपुरमा काेठा लिएर बस्थे । आइतबार मात्रै उनि शान्तिनगर ७ स्थित मामाघर गएका थिए । राति सुतेकाे बेलामा सर्पले घाँटीमा टोकेको थियोे ।
सोमबार बिहान तुलसीपुर स्थित प्रादेशिक अस्पतालमा पुर्याउदा उनको अवस्था सामान्य भएपनि अस्पतालले वास्ता नगर्दा मृत्यु भएको परिवारले जनाएको छ । मृतक बालकका दाइ मुस्कान बस्नेतले लेकाली अनलाइनसँग भने, ‘अस्पताल पुर्यादा उ नर्मल अवस्थामा बोल्ने गर्थ्यो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लिदा उनी कुराकानी गर्थ्यो तर त्यहाँ डाक्टरले वास्ता नगरेको कारण ज्यान गुमाउनुपर्यो ।’
मृतक मनोज ओली घरका एक्ला छोरा हुन् । ६ महिनादेखि तुलसीपुरमा बस्दै आएका उनि एच.ए. पढ्नकाे लागि तयारी गरिरहेका थिए ।