• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • जीवनशैली
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ मंसिर २७, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आज–२५ साउन २०८२ आइतवारको राशिफल

    ४ महिना अघि

    आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

    ४ महिना अघि

    आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल

    ५ महिना अघि

    आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    ५ महिना अघि

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    ६ महिना अघि

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ६ महिना अघि

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ६ महिना अघि

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ६ महिना अघि

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    ६ महिना अघि

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    ६ महिना अघि
FLASH NEWS
  • १आज–२५ साउन २०८२ आइतवारको राशिफल
  • २आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल
  • ३आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल
  • ४आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
  • ५आज २०८२ साल असार १ गते आइतबारको राशिफल
  • ६आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
  • ७आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल
  • ८आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • जीवनशैली
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ मंसिर २७, शनिबार
in
होमपेज / समाचार
  • २९२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • तिहारपछि केयरगिभरहरू इजरायल जान पाउने

  • संदेश पत्र
  • २०८१ आश्विन १९, शनिबार (१ साल अघि)
  • फाईल तस्विर

    काठमाडौं । लक्की ड्रमार्फत छानिएका केयरगिभरहरू तिहारपछि इजरायल जान पाउने भएका छन् । इजरायलस्थित पीबाले लक्की ड्र मार्फत छनौटमा परेकाहरूको सूची असोज १३ गते वैदेशिक रोजगार विभागलाई पठाएको थियो । विभागले सूची पाएसँगै अन्य प्रक्रिया अगाडि बढाइएको विभागका निर्देशक गिरिराज ज्ञवालीले बताए ।

    विभागले अब पीबाबाट छनौट भएर आएका दुई हजार ११२ जनाको स्वास्थ्य परीक्षणको प्रक्रिया अगाडि बढाउनेछ । स्वास्थ्य परीक्षण गराएपछि त्यसको विवरण पुनः पीबालाई पठाइने र पीबाट ठिक छ भन्ने जवाफ आएपछि पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी) का लागि पठाइने निर्देशक ज्ञवालीले बताए ।

    यो सबै प्रक्रिया सकिएर श्रमिकहरू मंसिरसम्ममा इजरायल उड्न पाउनेछन् ।

    ‘मेडिकल गरेर त्यसको सूची पीबालाई पठाउँछौँ । पीबाले ‘ओके गो टु पीडीओटी’ भन्यो भने त्यसपछि हामी सीमित व्यक्तिलाई पीडीओटीका लागि पठाउँछौँ,’ निर्देशक ज्ञवालीले भने ।

    पीडीओटी सकिएपछि पुनः पीबालाई पत्राचार गरिनेछ । त्यसपछि इजरायलस्थित रोजगारदाताकहाँ पठाइनेछ । रोजगारदाताले कामदारसँग करार सम्झौता गरेर पठाउनेछन् भने रोजगारदाताले नै कामदारको भिसा शुल्क तिरिदिनेछन् ।

    त्यसपछि विभागले कामदारको भिसाका लागि नेपालस्थित इजरायली राजदूतावासमा पठाउनेछ । दूतावासबाट भिसा लागेर आएपछि कामदारलाई इजरायल जाने बाटो खुल्नेछ ।

    यो सबै मंसिरको दोस्रो हप्तासम्ममा पुरा हुने निर्देशक ज्ञवालीको भनाइ छ । जसको पहिला भिसा लागेर आउँछ उनीहरूले नै पहिला जान पाउने उनको भनाइ छ ।

    सुरक्षा जोखिम

    इजरायल यतिबेला अशान्त छ । उसले इरान तथा लेबनानमा आक्रमण गरिरहेको छ । लेबनानस्थित हिजबुल्लाहमाथि आक्रमण थालेपछि अहिले लेबनान र इरानले समेत इजरायलमाथि आक्रमण गरिरहेका छन् । जसले गर्दा इजरायलमा यतिबेला सुरक्षा जोखिम छ । यस्तो अवस्थामा नेपाली श्रमिक पठाउन नहुने धेरैको तर्क छ ।

    नेपालमा कामदार छनौटको प्रक्रिया जारी रहेका बेला इजरायलमा भने आक्रमण भइरहेको छ । अहिले नै तत्काल कामदार पठाउँदा सुरक्षा जोखिम बढ्न सक्नेतर्फ सरकार सचेत रहेको विभागको भनाइ छ । विभागका अनुसार प्रक्रिया सकिएपछि कामदार पठाउने विषयमा राष्ट्रिय सुरक्षा परिषद्मा छलफल हुनेछ । परिषद्ले तत्काल कामदार इजरायल पठाउन नहुने निर्णय गरेको खण्डमा तत्काल नपठाउने निर्देशक ज्ञवालीले बताए।

    इजरायलमा तत्काल कामदार पठाउँदा आउन सक्ने सुरक्षा चुनौतीका विषयमा गृह मन्त्रालयले पनि अध्ययन गर्नेछ भने परराष्ट्र मन्त्रालयले सुरक्षा जोखिमबारे बुझ्नेछ ।

    त्यसपछि परिषद्को बैठकले तत्काल कामदार पठाउँदा सुरक्षा चुनौती हुने महसुस गरेको खण्डमा पठाउन नसकिने उनको भनाइ छ ।

    ‘परराष्ट्रले पठाउन ठिक छ भन्यो मात्रै पठाउने हो । अहिले पठाउन मिल्दैन भन्यो भने रोक्छौं । सुरक्षा अवस्था ठिक छ भन्यो भने मात्रै पठाउने हो । सुरक्षा चुनौती भयो भने त जानी जानी पठाउँदैनौ,’ निर्देशक ज्ञवालीले भने ।

    इजरायलले भने नेपालीको सुरक्षाको जिम्मेवारी आफ्नो भएकाले कुनै खतरा नहुने भन्दै सरकारलाई कन्भिन्स गर्दै आएको छ ।

    इजरायलले दुई हजार जना केयरगिभर माग गरेको थियो । जसमा एक हजार जना मुख्य उम्मेदवार र एक हजार वैकल्पिक उम्मेदवार रहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    ताजा समाचार
    १

    आज–२५ साउन २०८२ आइतवारको राशिफल

    २

    आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

    ३

    आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल

    ४

    आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    ५

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    ६

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ७

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ८

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ९

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    १०

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    समाचार
    थप

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution