• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८० जेष्ठ २०, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनाबलात्कारतोसिमा कार्कीप्रचण्डराशिफलपल शाह
  • प्रेमिकाको हत्या गरी प्रेमीद्वारा आत्महत्याको प्रयास

    १ हफ्ता अघि

    संगीत संयोजक राजु खड्काको अथक सांगीतिक यात्राले २५ औं बसन्त पार

    १ हफ्ता अघि

    निर्दोष डराउनु पर्दैन, भ्रष्टाचारीलाई छोड्दिनँ : मन्त्री नारायणकाजी श्रेष्ठ

    ३ हफ्ता अघि

    बालकृष्ण खाण पक्राउ परेपछि मञ्जु सम्पर्कविहीन

    ३ हफ्ता अघि

    पूर्वगृहमन्त्री खाँणलाई म्याद थपका लागि अदालत लगियो

    ३ हफ्ता अघि

    एमालेले टोपबहादुर रायमाझीलाई निलम्बन गर्यो

    ३ हफ्ता अघि

    साहित्यकार सुवेदीको पहिलो गीत ‘मलाई भन्थे सबैले’ बजारमा

    ३ हफ्ता अघि

    श्रीमतीलाई अस्ट्रेलिया छोडेर बिदामा नेपाल आएका तपेन्द्र सँधैका लागि अस्ताए

    १ महिना अघि

    यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

    १ महिना अघि

    मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु, अरनिको राजमार्ग ठप्प

    १ महिना अघि
FLASH NEWS
  • १प्रेमिकाको हत्या गरी प्रेमीद्वारा आत्महत्याको प्रयास
  • २संगीत संयोजक राजु खड्काको अथक सांगीतिक यात्राले २५ औं बसन्त पार
  • ३निर्दोष डराउनु पर्दैन, भ्रष्टाचारीलाई छोड्दिनँ : मन्त्री नारायणकाजी श्रेष्ठ
  • ४बालकृष्ण खाण पक्राउ परेपछि मञ्जु सम्पर्कविहीन
  • ५पूर्वगृहमन्त्री खाँणलाई म्याद थपका लागि अदालत लगियो
  • ६एमालेले टोपबहादुर रायमाझीलाई निलम्बन गर्यो
  • ७साहित्यकार सुवेदीको पहिलो गीत ‘मलाई भन्थे सबैले’ बजारमा
  • ८श्रीमतीलाई अस्ट्रेलिया छोडेर बिदामा नेपाल आएका तपेन्द्र सँधैका लागि अस्ताए
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८० जेष्ठ २०, शनिबार
in
होमपेज / अर्थ खबर
  • ३३४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • पाँचखाल नगरमा उत्पादन हुने तरकारीमा विषादीको अवशेष घटेको पाइयो

  • संदेश पत्र
  • २०७९ चैत्र १५, बुधबार (२ महिना अघि)
  • फाईल तस्विर

    काभ्रेपलाञ्चोक-पाँचखाल नगरमा उत्पादन हुने तरकारीमा विषादीको अवशेष घटेको पाइएको छ । नगरलाई विषादी मुक्त बनाउँदै कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले पाँचखाल नगरपालिका र लवग्रीन नेपालले पाँच वर्षअघि सुरु गरेको वातावरणमैत्री एकीकृत दिगो कृषि विकास परियोजना (आइपीएम)ले कीटनाशक तथा ढुसीनाशक विषादी प्रयोग कमी आएको तथ्याङ्क सार्वजनिक गरेका छन् ।

    पाँचखालको विभिन्न मितिमा विभिन्न प्रकारका तरकारी परीक्षणसम्बन्धी आधारभूत सर्वेक्षण र अन्तिम सर्वेक्षणको परिणामबाट विषादीको प्रयोग कम गरी जैविक विषादीको प्रयोग धेरै हुन थालेको जनाइएको हो । खाद्य प्रविधि प्रयोगशालामा विषादीको ४५ प्यारामिटरमा विश्लेषण गर्दा विषादीको रुकावट (इमिसन रेट) ८५ प्रतिशत नमूनामा विषादीको कुनै पनि अवशेष नपाइएको र १५ प्रतिशतमा तोकिएको मापदण्डभन्दा निकै कम प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    लव ग्रीन नेपालका कार्यकारी निर्देशक नारायण ज्ञवालीका अनुसार २०७९ वैशाख २ गते आलु, बकुल्ला, रायो साग, बन्दा, गाँजर, रातो बन्दा, गोलभेँडा, मुला, भेडे खुर्सानीको परीक्षण गरेको थियो भने २०७९ जेठ ११ गते धनियाँ, काउली, रातो बन्दा, मुला, रायो, ब्रोकाउलीमा प्रयोग भएको विषादी परीक्षण गरिएको थियो । परीक्षण गरिएको २० प्रकारका तरकारीमा बोडीमा अलिक धेरै विषादीको प्रयोग गरेको देखिए पनि ३५ प्रतिशतभन्दा कम भएकाले खानयोग्य भएको प्रमाणपत्र उपलब्ध गराइएको थियो ।

    कृषि विभाग केन्द्रीय कृषि प्रयोगशाला, कृषि ज्ञान केन्द्र प्रयोगशाला, खाद्य प्रविधि प्रयोगशालाले विषादीको मात्र ३५ प्रतिशतसम्म भए खान योग्य, ३५ देखि ४५ प्रतिशतसम्म भए केही समय राखेर खान हुने र ४५ प्रतिशतभन्दा माथि भएमा खान अयोग्य हुने प्रमाणित गर्ने गरेको छ । सोमबार पाँचखालमा सार्वजनिक गरिएको प्रतिवेदनमा २०७४ भदौबाट परियोजनाको पाँच वर्षको अवधिमा कीटनाशक विषादी, ढुसीनाशक विषादी, रासायनिक मल, फस्फोरस र पोटासलगायतको प्रयोग उल्लेख्यरूपमा घटेको देखाएको हो ।

    परीक्षणको प्रतिवेदअनुसार पाँचखालमा उत्पादन भएका अधिकांश तरकारीमा प्रयोग भएको विषादीको मात्र दुईदेखि १९ प्रतिशतसम्म रहेको छ । बन्दामा दुई दशमलव पाँच र लोकल बोडीमा १८ प्रतिशत अर्गानोफस्फेट प्रयोग गरिएको छ । तुने बोडीमा २७ दशमलव पाँच प्रतिशत देखिएको हो ।

    पाँच वर्षका अवधिमा कृषकले औषत प्रतिरोपनी वार्षिक ८६ एमएल कीटनाशक विषादी प्रयोग गर्ने गरेकामा अहिले छ दशमलव पाँच एमएलमात्रै प्रयोग गर्ने गरेका छन् भने ढुसीनाशक विषादी औषत प्रतिरोपनी वार्षिक एक दशमलव ०८ केजी प्रयोग गर्ने गरेकामा शून्य दशमलव दुई सय २३ केजी प्रयोग गर्न थालेका छन् । जसका कारण तरकारी बालीमा प्रयोग हुने विषादीको प्रयोग घटेको हो । कीरा नियन्त्रण गर्नका लागि कृषकले मोहनी तथा पहेँलो पासोको प्रयोगलाई बढवा दिएका छन् । सर्वेक्षित क्षेत्रका ८४ दशमलव एक प्रतिशत घरपरिवारले यसको प्रयोग गर्ने गरेका छन्, जुन परियोजना सञ्चालन गर्नुभन्दा पहिले चार प्रतिशतले मात्र गर्ने गरेका थिए ।

    विषादीको विकल्पमा परियोजनाले कृषकहरुले पशु मूत्रको प्रयोगमा उल्लेख्य वृद्धि गरी विगतमा एक रोपनी जग्गामा औसत एक दशमलव पाँच लिटर प्रयोग हुने गरेकामा अहिले ३३ दशमलव एक लिटर पशु मूत्र प्रयोग गर्ने गरेका छन् । परियोजना लागू भएका कुनै पनि घरधुरीले रातो लेबलको विषादी प्रयोग गर्दैनन्, तर अन्तिम अवस्थामा बाली जोगाउन प्रयोग गर्नुपर्ने अवस्था आएमा निलो र हरियो लेबलको विषादीलाई प्रयोग गरेका छन् ।

    जैविक विषादीको प्रयोग सुरुमा दुई दशमलव पाँच प्रतिशत घरधुरीले प्रयोग गर्ने गरेकामा अहिले ७० दशमलव चार प्रतिशतले प्रयोग गर्ने गरेका छन् । औसत एक घरधुरीले वार्षिक तीन सय १५ लिटरभन्दा बढी वानस्पतिक विषादीको प्रयोग गर्ने गरेको तथ्याङ्कले देखाएका हुन् ।

    त्यस्तै कृषकले पशु चौपाया (गाई–भैँसी)लाई सुविधायुक्त बसोबासका लागि भकारो सुधार र पशुपालन व्यवस्थापन गरेका छन् । पहिले २९ घरधुरीले भकारो सुधार गरेकामा हाल एक सय ९१ घरधुरीले भकारो सुधार गरी पशुहरूलाई रोग लाग्नबाट जोगाई मृत्युदरमा कम गरेका छन् । वार्षिक औसत तीन दशमलव नौ बाट झरेर एक दशमलव तीन पशु चौपायाको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ । पशुपालनमा वृद्धि भई पहिला प्रतिघरधुरी एक दशलमव सात पशु चौपायाबाट बढेर दुई र बाख्रामा चार दशमलव तीन प्रतिघरधुरीबाट बढेर ११ दशमलव सातवटा पाल्ने गरेका छन् ।

    पाँचखाल नगरप्रमुख महेश खरेलले तरकारी परीक्षणबाट आएको रिपोर्टले यहाँ उत्पादन भएको तरकारी खानयोग्य भएको बताउनुभयो । उहाँले सार्वजनिक गरिएको प्रतिवेदले वर्षौँदेखि ‘पाँचखालको तरकारी खान अयोग्य’ भनिने कथनलाई उल्ट्याइदिएको बताउनुभयो । उहाँका अनुसार तरकारीमा विषादी प्रयोग कम भएसँगै बजार विस्तारका लागि सहज बनाउन कृषकहरूले कालीमाटी तरकारी बजारको मूल्य बिहानै मोबाइलमार्फत थाहा पाउन थालेका छन् ।

    परियोजनाअन्तर्गत नगरका एक सय ९१ महिलासहित तीन सय कृषकलाई नमूना अगुवा कृषक, तीन सय ६२ लाई आइपिएम कृषक, दुई सय ४१ लाई साधारण आइपिएम कृषक र पशुपालन तथा अन्य चार सय २४ कृषक गरी कुल एक हजार तीन सय ३७ कृषक प्रत्यक्ष लाभग्राही बनाइएको थियो । यस्तै माध्यमिकस्तरका पाँच हजार दुई विद्यार्थीलाई विद्यालयमै रासायनिक मल तथा विषादीको असर र त्यसको न्यूनीकरणका उपाय र दिगो कृषिको अवधारणाका बारेमा कक्षा सञ्चालन गरिएको थियो ।
    –––

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

    मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु, अरनिको राजमार्ग ठप्प

    सुनचाँदीको मूल्य घट्याे, कतिमा हुँदै छ काराेबार

    घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ खरिद–बिक्री?

    ताजा समाचार
    १

    प्रेमिकाको हत्या गरी प्रेमीद्वारा आत्महत्याको प्रयास

    २

    संगीत संयोजक राजु खड्काको अथक सांगीतिक यात्राले २५ औं बसन्त पार

    ३

    निर्दोष डराउनु पर्दैन, भ्रष्टाचारीलाई छोड्दिनँ : मन्त्री नारायणकाजी श्रेष्ठ

    ४

    बालकृष्ण खाण पक्राउ परेपछि मञ्जु सम्पर्कविहीन

    ५

    पूर्वगृहमन्त्री खाँणलाई म्याद थपका लागि अदालत लगियो

    ६

    एमालेले टोपबहादुर रायमाझीलाई निलम्बन गर्यो

    ७

    साहित्यकार सुवेदीको पहिलो गीत ‘मलाई भन्थे सबैले’ बजारमा

    ८

    श्रीमतीलाई अस्ट्रेलिया छोडेर बिदामा नेपाल आएका तपेन्द्र सँधैका लागि अस्ताए

    ९

    यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

    १०

    मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु, अरनिको राजमार्ग ठप्प

    समाचार
    थप

    संगीत संयोजक राजु खड्काको अथक सांगीतिक यात्राले २५ औं बसन्त पार

    बालकृष्ण खाण पक्राउ परेपछि मञ्जु सम्पर्कविहीन

    पूर्वगृहमन्त्री खाँणलाई म्याद थपका लागि अदालत लगियो

    एमालेले टोपबहादुर रायमाझीलाई निलम्बन गर्यो

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    news.sandeshpatra@gmail.com
    sandesh@sandeshpatra.com
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution