• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७९ चैत्र १७, शुक्रबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनाबलात्कारतोसिमा कार्कीप्रचण्डराशिफलपल शाह
  • कब्जियतको समस्याले हैरान हुनुहुन्छ ? यसरी समाधान गर्न सकिन्छ

    २ घण्टा अघि

    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    २ घण्टा अघि

    मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

    ३ घण्टा अघि

    अमला र अमिल चरी भिटामिन ‘सी’ मात्रै हाेइन औषधीकाे भण्डार पनि हाे !

    ३ घण्टा अघि

    बारा २ मा रास्वपाको उम्मेदवार रमेश खरेल !

    ४ घण्टा अघि

    सापटी रकम फिर्ता नगरेको झोंकमा हत्या, हत्यापछि फालियो पानी ट्यांकीभित्र

    ४ घण्टा अघि

    आमाले तिलहरी धितो राखेर लिइन् छोराको प्रवेशपत्र

    ४ घण्टा अघि

    यी राशिबीच विवाह गर्नु मानिँदैन शुभ, फाप्दैन विवाहको सम्बन्ध

    ४ घण्टा अघि

    विदेशबाट फर्केकाहरूले कतिवटा फोन ल्याउने ? नयाँ व्यवस्था गर्ने तयारी

    ४ घण्टा अघि

    तपाईको आजको राशिफल : आज मिति २०७९ चैत्र १७ गते शुक्रवार

    ४ घण्टा अघि
FLASH NEWS
  • १कब्जियतको समस्याले हैरान हुनुहुन्छ ? यसरी समाधान गर्न सकिन्छ
  • २यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
  • ३मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना
  • ४अमला र अमिल चरी भिटामिन ‘सी’ मात्रै हाेइन औषधीकाे भण्डार पनि हाे !
  • ५बारा २ मा रास्वपाको उम्मेदवार रमेश खरेल !
  • ६सापटी रकम फिर्ता नगरेको झोंकमा हत्या, हत्यापछि फालियो पानी ट्यांकीभित्र
  • ७आमाले तिलहरी धितो राखेर लिइन् छोराको प्रवेशपत्र
  • ८यी राशिबीच विवाह गर्नु मानिँदैन शुभ, फाप्दैन विवाहको सम्बन्ध
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०७९ चैत्र १७, शुक्रबार
in
होमपेज / राशिफल
  • ६५४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • माघ १४ गते शनिवारको राशिफल

  • संदेश पत्र
  • २०७९ माघ १४, शनिबार (२ महिना अघि)
  • फाईल तस्विर

    वि.सं. २०७९ माघ १४। शनिवार। इ.स. २०२३ जनवरी २८। शकसंवत् १९४४। नल संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४३ सिल्लाथ्व। माघ शुक्लपक्ष। सप्तमी, १४:२४ उप्रान्त अष्टमी। नक्षत्र– अश्विनी, २४:२५ बजेउप्रान्त भरणी। योग– साध्य, १७:२२ बजेउप्रान्त शुभ। करण– वणिज, १४:२४ बजेदेखि भद्रा, २६:०८ बजेउप्रान्त वव। आनन्दादिमा सौम्य योग। चन्द्रराशि– मेष। काठमाडौंमा सूर्योदय– ६:५५ बजे, सूर्यास्त– १७:४० बजे र दिनमान २६ घडी ५२ पला। भ.१४:२४उ. २:०८प. अचलासप्तमी , रथसप्तमी , मन्वादि लगलाचुयके

    आगामी ३ दिनभित्रपर्ने चाडपर्व र उत्सवको विवरण :-

    १५ गते (अष्टमी व्रत, गोरखकाली पूजा, भीष्माष्टमी, नेपाल नर्सिङ दिवस), १६ गते (द्रोण नवमी, महानन्दा नवमी, शहीद दिवस, विश्व कुष्ठरोग दिवस), १७ गते (शल्य दशमी, बैतडी विश्वनाथ मन्दिरमा बनारसी पूजा)

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

    प्रयास गर्दा उपलब्धि पाउने दिन हो, उच्चशिक्षाका तथा अनुसन्धान गरिरहेका शिक्षार्थीका लागि राम्रो समय छ, तर स्कूले विद्यार्थीमा उच्छृङ्खलता बढ्न सक्छ । सुसुप्त चाहना र सपनालाई जीवन्त तुल्याउने राम्रो समय छ । सपनाको झिल्को निभ्यो भने प्रगति र विकासका सबै द्वार बन्द हुन्छन् भनी सचेत भई काम गर्नुहोला । आफूलाई ऊर्जावान् र जीवन्त महसुस गर्ने दिन हो । व्यक्तित्व निर्माणका साथै शारीरिक सुगठन र रूप संरचनातर्फ ध्यान केन्द्रित हुनसक्छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ गुलाबी र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भूमिनन्दनाय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

    बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

    आनन्दप्राप्तिका लागि एकअर्काको कमजोरी खोतल्ने काम गर्नु हुँदैन, एकआपसमा समर्पित भएमा मात्र प्रेम सफल हुन्छ भन्ने कुरामा विश्वास गर्नुहोला । खर्चको मात्रा बढ्नुका साथै वैचारिक अस्थिरता देखिने दिन छ, तथापि सँगीसाथीको मद्दत लिएर हिम्मतका साथमा प्रयास गरेमा पेसागत र व्यवसायिक परिस्थितिमा सुधार आउने छ । हिसाबकिताब र लेनदेनमा सतर्कता अपनाउनु होला, गल्ला र सेफको सुरक्षामा समेत ध्यान दिनुपर्छ । नयाँ लगानी हो भने सोचेर कदम चाल्नुहोला । आज १५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ नीलो/कालो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ मन्दचेष्टाय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

    परिवारमा कुनै माङ्गलिक कार्य सम्पन्न हुने वा उक्त कार्यको योजना बनाउने दिन हो । आज चिल्लोचापिल्लो र चटपटे खानेकुराप्रति रुचि जागृत हुनेछ । आफूभन्दा कमजोर भाइबहिनी वा साथीहरूलाई अर्तिबुद्धि दिन मन लाग्छ वा संस्कार र संस्कृतिका बारेमा समेत सिकाउने समय हो । जुनियर स्टाफ वा सँगीसाथीको क्रियाकलापले तपाईंको चिन्ता बढ्नसक्छ, तथापि आफ्नो क्षमता र प्रतिभाअनुसार अवसर मिल्ने दिन हो, उन्नतिपथका हरेक विघ्नबाधा पन्छाउँदै एउटा छुट्टै पहिचान कायम राख्न सफल भइने छ । आज ४५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ नीलो/कालो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ छायापुत्राय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

    सिनियर स्टाफलाई रिझाउन सकिने छ । व्यक्तित्व विकासको योजना बनाउने र पदोन्नति वा थप अध्ययनका लागि प्रयास गर्ने दिन हो । व्यवसायिक र आन्तरिक जीवनमा तालमेल मिलाउन हम्मेहम्मे पर्नेछ, घरायसी कामको चापसमेत बढ्नेछ, समय निकालेर लवमेटसँग कुराकानी गर्नु बेस हुनेछ । नयाँ सृजना र परिवर्तनका लागि मष्तिष्क सक्रिय रहने समय हो, तर घरायसी वातावरण प्रतिकूल बन्नाले घरिघरि निराशाका भावना आउनसक्छन् । आज ९० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ नीलो/कालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

    साझेदारीको कामबाट फाइदा हुनेछ । धार्मिक र आध्यात्मिक चेतना बढ्नेछ, इमानजमानको ख्याल राख्नु तथा नियमकानूनको पालना गर्नु उचित हुनेछ । सार्वजनिक हित वा परोपकारी काममा खट्नुपर्ने समय छ । घरैको वा छरछिमेकको कुनै धार्मिक/सामाजिक काममा सहभागी बन्नुपर्ने हुन्छ । मानसिक रूपमा सबल र परिपक्व बन्ने समय हो, आज पठनपाठनका क्रममा सहपाठी र शिक्षकहरूबाट सहयोग जुटाउन सकिने छ । आज ६० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ गुलाबी र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ धरणीसुताय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

    पारिवारिक वातावरण सामान्य रहने छ, घरायसी प्रबन्ध वा बन्दोबस्तीमा व्यस्त भइने छ । भावना र इच्छाहरूको कदर हुँदैन र मन अशान्त बन्नसक्छ । गोपनीय र रहस्यात्मक विषयको जानकारी बटुल्ने दिन हो, तर आज बारम्बार नकारात्मक धारणामात्र आइरहने छ, कसैको असम्भव आशामा वा बहकाउमा नफँस्नु होला । शरीरमा थकान र उत्साहमा कमी आउने समय छ, तथापि आफूलाई सक्दो प्रसन्न बनाउन प्रयास गर्नुपर्छ, किनभने आज आफ्ना लागिमात्र होइन, आफन्तका निमित्तसमेत तपाईंको दृढता र हौसला आवश्यक देखिन्छ । आज ०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ नीलो/कालो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शं शनैश्चराय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

    मनोरञ्जन, रामरमाइलो, घुमघाम र भेटघाटको समय हो । आफ्ना कुरा थोपर्नु भन्दा पनि पार्टनरको भावना बुझ्नु जाती हुन्छ । दाम्पत्य जीवनमा किचलो र विवादको योग बनेको छ, लामो समयदेखि घरमा सम्पर्क छैन भने फुर्सद निकालेर कुराकानी गर्नु ठीक हुन्छ । कलात्मक कार्य (अभिनय, गायन, वादन, नृत्य, भिडियो वा चलचित्रको काम, डेकोरेशन, ड्रेस डिजाइनिङ) जस्ता काम अथवा उपहार वा मनोरञ्जनका सामाग्रीमा राम्रो देखिन्छ । आज ८५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कामाक्षीदेव्यै नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

    बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

    एकोहोरिएर घोरिंदा स्वास्थ्यस्थिति बिग्रने डर हुन्छ, त्यसैले परिश्रम र आरामको सन्तुलनमा ध्यान दिई पठनपाठनमा जुट्नुपर्छ, बहस वा तर्कवितर्कमा विजयी भइने छ । प्रकृतिमा समय बिताउँदा छटपटी र निराशाको अन्त्य हुनेछ, आज हरेक व्यवहारमा आफन्तको इच्छा र चाहनालाई बेवास्ता गर्नु हुँदैन, किनभने परिवार भनेको आधारभूत पक्ष हो, सुखसुविधा भनेको केवल साधनमात्र हो । गल्ती र कमजोरीलाई माध्यम बनाएर प्रतिद्वन्द्वीले होच्याउने र खिसिट्युरी गर्ने परिस्थिति भएकाले काम गर्दा गल्ती हुन्छ कि भनी चनाखो हुनुपर्छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ ध्वाँसे/कालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ रां राहवे नमः यस मन्त्रलाई कम्तीमा १८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

    कसैप्रति अलि बढी आकर्षित हुनपुगेको भान हुनेछ, तर यतिवेला आफ्ना विचार र भावनामाथि नियन्त्रण गर्नु समुचित हुनेछ । बुद्धिकौशलको प्रयोग गरी चलाखीपूर्वक काम गर्दा अतिरिक्त पैसा हातलागी हुनेछ । कल्पना र भावनामा रुमल्लिन सकिन्छ, तर आज कामबाट फुर्सद निकालेर कुनै नजानेको विषयवस्तु र नयाँ ज्ञान सिक्न कोसिस गर्ने समय हो । प्रियजन र आफन्तलाई सरसहयोग गर्ने समय हो, आज पार्टनरलाई खुसी बनाउन संगीत, नृत्य वा कलाको प्रयोग गर्न अनुकूल समय देखिन्छ । आज ६५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ सेतो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ज्ञानमुद्रायै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

    ससाना कुरा र विषयमा झैझगडां र विवाद हुने लक्षण छ, त्यसैले तनाव र बोझलाई धैर्यताका साथमा व्यवस्थापन गर्ने दिन हो । घरजग्गा, रियलस्टेट, सेयर कारोबार वा कुनै अचल सम्पत्तिको कारोबारमा लगानी गर्ने समय हो, साथै बन्दव्यापारको विकास र विस्तारमा पनि धनव्यय हुनेछ । कुरा काट्नेहरूको सक्रियता बढ्न सक्छ, दिमाग भारी हुनसक्छ, तथापि बुढाबुढी वा परपाहुनाको सेवा र हेरचाह गर्नुपर्ने दिन हो । आज ५० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ सिम्रिक रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शं सूर्यात्मजाय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

    हर्षित हुने समाचार आउने छ, सानो प्रयासले मात्र भाग्य बढ्ने समय छ, त्यसैले मिहिनेत गरेर आम्दानीका मार्ग सुधार्न सकिने छ । कामप्रतिको समर्पण भावका माध्यमबाट ठूलो लाभ मिल्ने समय छ, साथै बोली र व्यवहारका बलमा सेवाग्राहीलाई आकर्षित तुल्याउन सकिने छ । पारिवारिक जीवन र दैनिकीका दृष्टिले राम्रै दिन छ, माइतीपक्षसित भेटघाट हुने वा सम्बन्ध/सम्पर्क बढ्ने तथा सरसहयोग लिन/दिन सकिने समय हो । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भानुपुत्राय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

    आर्थिक पक्ष सुदृढ रहनुका साथै विभिन्न स्रोतबाट आम्दानीमा बृद्धि राम्रो समय छ । कार्यक्षेत्रमा पनि बोली र कामको कदर हुने वेला हो । पारिवारिक माहौल पनि आनन्दप्रद देखिन्छ । अतिरिक्त धन प्राप्त हुनाले सोख पूरा गर्न सकिने छ । नयाँ जिम्मेबारी प्राप्त हुनुका साथै प्रतीक्षित नतिजाले उत्साह बढाउने समय हो । पार्टनरको इच्छानुसार कतै खानपान वा घुमघाममा जानुपर्ने हुन्छ, खर्च बढ्ने दिन भएकाले बजेटको व्यवस्था गरेरमात्र सम्पर्क गर्नु ठीक हुन्छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो/उज्यालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सर्वकामप्रदायै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    तपाईको आजको राशिफल : आज मिति २०७९ चैत्र १७ गते शुक्रवार

    पाथीभरामाइले हामी सबैको रक्षा गरुन्, हेर्नुहोस आजको राशीफल

    तपाईको आजको राशिफल : आज मिति २०७९ चैत्र १५ गते बुधवार

    २०७९ चैत १३ गते सोमवार, कस्तो छ तपाईंको राशिफल ?

    ताजा समाचार
    १

    कब्जियतको समस्याले हैरान हुनुहुन्छ ? यसरी समाधान गर्न सकिन्छ

    २

    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    ३

    मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

    ४

    अमला र अमिल चरी भिटामिन ‘सी’ मात्रै हाेइन औषधीकाे भण्डार पनि हाे !

    ५

    बारा २ मा रास्वपाको उम्मेदवार रमेश खरेल !

    ६

    सापटी रकम फिर्ता नगरेको झोंकमा हत्या, हत्यापछि फालियो पानी ट्यांकीभित्र

    ७

    आमाले तिलहरी धितो राखेर लिइन् छोराको प्रवेशपत्र

    ८

    यी राशिबीच विवाह गर्नु मानिँदैन शुभ, फाप्दैन विवाहको सम्बन्ध

    ९

    विदेशबाट फर्केकाहरूले कतिवटा फोन ल्याउने ? नयाँ व्यवस्था गर्ने तयारी

    १०

    तपाईको आजको राशिफल : आज मिति २०७९ चैत्र १७ गते शुक्रवार

    समाचार
    थप

    मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

    आमाले तिलहरी धितो राखेर लिइन् छोराको प्रवेशपत्र

    बैशाख १ गतेदेखि पालिकाबाटै श्रम स्वीकृति

    प्रेमिका भेट्न हुम्ला पुगेका २२ वर्षीय युवाको ला’ श भेटियो, श्वास भेटिएन

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    news.sandeshpatra@gmail.com
    sandesh@sandeshpatra.com
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution