• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७९ चैत्र १७, शुक्रबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनाबलात्कारतोसिमा कार्कीप्रचण्डराशिफलपल शाह
  • कब्जियतको समस्याले हैरान हुनुहुन्छ ? यसरी समाधान गर्न सकिन्छ

    ३ घण्टा अघि

    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    ३ घण्टा अघि

    मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

    ३ घण्टा अघि

    अमला र अमिल चरी भिटामिन ‘सी’ मात्रै हाेइन औषधीकाे भण्डार पनि हाे !

    ३ घण्टा अघि

    बारा २ मा रास्वपाको उम्मेदवार रमेश खरेल !

    ४ घण्टा अघि

    सापटी रकम फिर्ता नगरेको झोंकमा हत्या, हत्यापछि फालियो पानी ट्यांकीभित्र

    ४ घण्टा अघि

    आमाले तिलहरी धितो राखेर लिइन् छोराको प्रवेशपत्र

    ५ घण्टा अघि

    यी राशिबीच विवाह गर्नु मानिँदैन शुभ, फाप्दैन विवाहको सम्बन्ध

    ५ घण्टा अघि

    विदेशबाट फर्केकाहरूले कतिवटा फोन ल्याउने ? नयाँ व्यवस्था गर्ने तयारी

    ५ घण्टा अघि

    तपाईको आजको राशिफल : आज मिति २०७९ चैत्र १७ गते शुक्रवार

    ५ घण्टा अघि
FLASH NEWS
  • १कब्जियतको समस्याले हैरान हुनुहुन्छ ? यसरी समाधान गर्न सकिन्छ
  • २यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
  • ३मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना
  • ४अमला र अमिल चरी भिटामिन ‘सी’ मात्रै हाेइन औषधीकाे भण्डार पनि हाे !
  • ५बारा २ मा रास्वपाको उम्मेदवार रमेश खरेल !
  • ६सापटी रकम फिर्ता नगरेको झोंकमा हत्या, हत्यापछि फालियो पानी ट्यांकीभित्र
  • ७आमाले तिलहरी धितो राखेर लिइन् छोराको प्रवेशपत्र
  • ८यी राशिबीच विवाह गर्नु मानिँदैन शुभ, फाप्दैन विवाहको सम्बन्ध
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०७९ चैत्र १७, शुक्रबार
in
होमपेज / अपराध
  • ३२१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • ‘काठमाडौंको घना बस्ती बीच पुष्पा कसरी जलिरहन सक्छिन् त ?’

  • संदेश पत्र
  • २०७९ मंसिर २१, बुधबार (३ महिना अघि)
  • फाईल तस्विर

    काठमाडौं : पुष्पा न्यौपाने मृत्यु प्रकरणमा परिवारले हत्या भएको आशंका गरेको छ। इन्गेजमेन्ट तोडिएपछि सामान फिर्ता लि केटाको घर पुगेका पुष्पाले त्यहीँ आत्मदाह गरेको बताइएको छ।दरबारमार्गस्थित केल्मी ब्राण्डका शोरुम सञ्चालक पुष्पा गत आइतबार साँझ ५ बजे धुम्बाराहीमा ८० प्रतिशत जलेको अवस्थामा भेटिएकी थिइन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले आत्महत्या गर्न दुरुत्साहन दिने २९ वर्षीय सुधन संग्रौला प्रक्राउ परेको बताए।

    प्रहरी बृत महाराजगञ्जबाट खटिएको टोलीले संग्रैलालाई प्रक्राउ गरेको हो। उनीविरुद्ध मुलुकी अपराध संहिंता २०७४ को परिच्छेद १२ को आत्महत्या गर्न दुरुत्साहन दिन नहुने कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

    काठमाडौं-१० बानेश्वर बुद्धनगर बस्ने २७ वर्षीय पुष्पाको काठमाडौं-४ धुम्बाराहीका सुधनसँग गत भदौ १८ गते इन्गेजमेन्ट भएको थियो। उनीहरुबीच गत माघदेखि प्रेम सम्वन्ध रहेको बताइएको छ। प्रेमलाई विवाहमा परिणत गर्ने योजनामा रहेकी पुष्पा गत आइतबार धुम्बाराहीस्थित मधु संग्रौलाको घर अगाडि आगो लाग्दै गरेको अवस्थामा भेटिइन्। उपचारको क्रममा न्यौपानेको सोमबार बिहान कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भयो।

    घटनामा संग्लन भएको आरोपमा पीडित परिवारले ४ जनाविरुद्ध प्रहरीमा जाहेरी दिएको छ। प्रहरी बृत महाराजगञ्जमा दिइएको जाहेरीमा सुधनको परिवार नै घटनामा दोषी भएको भन्दै कारबाहीको माग गरिएको छ। सुधनका बुबा-आमा दिनेश र बिन्दु संग्रौला, दाजु मधु संग्रौला र सुधन संगौलाविरुद्ध ज्यानसम्बन्धी कसुरको आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी दर्ता भएको प्रहरीले पुष्टि गरे।

    ‘अघिल्लो दिनसम्म माया लाग्यो भनेर रुँदै गएका सुधनका परिवारले अर्को दिन उही व्यक्ति जलिरहँदा हेरिरहन कसरी सक्यो? प्रहरीलाई खबर पनि गरेको छैन। बचाउन जाने छिमेकीलाई पनि छुन हुन्न भन्दै रोकेको छ। उनीहरू आफैँले बोलाएर प्रेटोल छर्किएको हुनसक्छ। आगो लगाएर हामीलाई खबर गरेको हुनसक्छ। बस्तीबीच कोही युवती सहयोग नै नपाएर जलिरहनु सम्भव देखिन्न।’

    पुष्पाका दाजु उत्तम न्यौपानेले घटना शंकास्पद भएको भन्दै अनुसन्धानका लागि प्रहरीमा जाहेरी दिएको बताए। ‘गत भदौमा भएको इन्गेजमेन्ट तोड्नका लागि उनीहरुको परिवार नै शनिबार हामो घरमा आएका थिए। सुपारी र गरगहनासमेत फिर्ता गरेका थिए। सुधनका बुबा-आमाले छोराले गल्ती गर्‍यो भन्दै रुँदै माफीसमेत मागेका थिए। एक्कासी इन्गेजमेन्ट किन तोड्नुभएको भनेर पटक-पटक सोधेका हौं। उनीहरूले कारण केही भनेनन्। कुरा मिलेन भनेरमात्रै भने। कुरा र विचार नै नमिलेको भए किन इन्गेजमेन्ट गर्नु?,’ दाजु उत्तमले भने।

    परिवारका अनुसार शनिबार इन्गेजमेन्ट टुटेपनि पुष्पा खासै दुःखी नभएको बताएको छ। ‘अर्को दिन हुने भनिएको आफन्तको विहेका लागि लुगा बनाउन पुष्पा दिउँसो ३ बजे घरबाट निस्किएकी थिइन्। साँझ साढे ६ बजेसम्म उनको फोन अन नै छ। घरमा त्यस्तो नराम्रो केही भनेकी थिइनन्। शनिबार राति सुधनको बुबाले फोन गरेको भन्दै सुनाएकी थिइन्। लुगा सिलाउन घरबाहिर गएकी उनी बुद्धनगरबाट कसरी धुम्बाराही पुगिन्? प्रेट्रोल कहाँबाट आयो?,’ उनले प्रश्न गरे।

    उत्तमको अनुसार साँझ ६ बजेतिर सुधनको बुबाले पुष्पाको बुबालाई फोन गरी घरको गेट बाहिर पुष्पाजस्तै कोही केटी जलिरहेको छ भन्दै बताएका थिए। ‘पुष्पाजस्तै लागेको भए जलेको देख्दादेख्दै किन नबचाएको? प्रहरीका अनुसार मानिस पूरै जल्न २० देखि आधा घण्टा लाग्छ। यत्रो समयसम्म जलिरहँदा उनीहरूले हेरेर किन बसे? यहाँ शंका गर्नुपर्ने प्रशस्तै आधार छन्। अघिल्लो दिनसम्म माया लाग्यो भनेर रुँदै गएका सुधनका परिवारले अर्को दिन उही व्यक्ति जलिरहँदा हेरिरहन कसरी सक्यो? प्रहरीलाई खबर पनि गरेको छैन। बचाउन जाने छिमेकीलाई पनि छुन हुन्न भन्दै रोकेको छ। उनीहरू आफैँले बोलाएर प्रेटोल छर्किएको हुनसक्छ। आगो लगाएर हामीलाई खबर गरेको हुनसक्छ। बस्तीबीच कोही युवती सहयोग नै नपाएर जलिरहनु सम्भव देखिन्न। परिवार नै मिलेर हत्या गरेको हुनसक्छ,’ उनले भने।

    प्रहरीका अनुसार शरीरमा पेट्रोल खन्याएर आगो लगाएको अवस्थामा उनलाई उद्धार गरेर कीर्तिपुरस्थित बर्न सेन्टरमा पुर्‍याइएको थियो। प्रहरीमा दिएको जाहेरीमा सुधन शोरुममा आउने क्रममा पुष्पासँग गत २०७८ को माघदेखि चिनजान भएको थियो। एकअर्काबीच फोन र सामाजिक सञ्जालमा कुराकानी हुने क्रममा उनीहरू प्रेम सम्बन्धमा थिए। घरमा आउजाउ गर्ने र घुम्नसमेत जाने गरेका थिए। परिवारले प्रहरीसँग सुधन र पुष्पाबीच फेसबुक म्यासेन्जर, भाइबर र ह्वाट्स एपसहित कल डीटेल विवरण बुझेर प्रमाणको रूपमा अनुसन्धान सुरु गर्न जाहेरीमा भनिएको छ। घटनास्थलबाट ५ लिटरको खाली ग्यालेन पनि प्रहरीले बरामद गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    सापटी रकम फिर्ता नगरेको झोंकमा हत्या, हत्यापछि फालियो पानी ट्यांकीभित्र

    टिकटकमा भाइरल १६ बर्षिय सुप्रभा अधिकारीको घरमा पुग्दा यस्तो देखियो (भिडियो सहित)

    व्यूरोलाई अर्को ठूलो सफलता, काठमाडौंमा २ महिला पक्राउ

    घरमा पानी गन्हाएपछि ट्यांकी खोलेर हेर्दा भेटियो शव

    ताजा समाचार
    १

    कब्जियतको समस्याले हैरान हुनुहुन्छ ? यसरी समाधान गर्न सकिन्छ

    २

    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    ३

    मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

    ४

    अमला र अमिल चरी भिटामिन ‘सी’ मात्रै हाेइन औषधीकाे भण्डार पनि हाे !

    ५

    बारा २ मा रास्वपाको उम्मेदवार रमेश खरेल !

    ६

    सापटी रकम फिर्ता नगरेको झोंकमा हत्या, हत्यापछि फालियो पानी ट्यांकीभित्र

    ७

    आमाले तिलहरी धितो राखेर लिइन् छोराको प्रवेशपत्र

    ८

    यी राशिबीच विवाह गर्नु मानिँदैन शुभ, फाप्दैन विवाहको सम्बन्ध

    ९

    विदेशबाट फर्केकाहरूले कतिवटा फोन ल्याउने ? नयाँ व्यवस्था गर्ने तयारी

    १०

    तपाईको आजको राशिफल : आज मिति २०७९ चैत्र १७ गते शुक्रवार

    समाचार
    थप

    मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

    आमाले तिलहरी धितो राखेर लिइन् छोराको प्रवेशपत्र

    बैशाख १ गतेदेखि पालिकाबाटै श्रम स्वीकृति

    प्रेमिका भेट्न हुम्ला पुगेका २२ वर्षीय युवाको ला’ श भेटियो, श्वास भेटिएन

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    news.sandeshpatra@gmail.com
    sandesh@sandeshpatra.com
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution