• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८० आश्विन ११, बिहिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • सुन तस्करी छानविन आयोग गठन विवादमा

    २ दिन अघि

    बाबु छोराको एउटै चितामा अन्त्येष्टि

    २ दिन अघि

    इमरान खानलाइ अर्काे जेलमा सारिने

    २ दिन अघि

    काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

    २ दिन अघि

    सशस्त्र प्रहरीकाे जागिर छाेडेका अमरेशकुमारकाे कसले गर्‍याे हत्या ?

    २ दिन अघि

    दसैंलाई प्रतिव्यक्ति साढे १८ हजारका नयाँ नोट

    २ दिन अघि

    घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु

    २ दिन अघि

    साउदी पुगेको साता दिनमै काठको बाकसमा फर्किए

    २ दिन अघि

    आमा बनिन् बलिउड अभिनेत्री स्वरा भास्कर

    २ दिन अघि

    ७० हजार किलो चिनी भण्डारण गरिएको गोदाम सिल

    २ दिन अघि
FLASH NEWS
  • १सुन तस्करी छानविन आयोग गठन विवादमा
  • २बाबु छोराको एउटै चितामा अन्त्येष्टि
  • ३इमरान खानलाइ अर्काे जेलमा सारिने
  • ४काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना
  • ५सशस्त्र प्रहरीकाे जागिर छाेडेका अमरेशकुमारकाे कसले गर्‍याे हत्या ?
  • ६दसैंलाई प्रतिव्यक्ति साढे १८ हजारका नयाँ नोट
  • ७घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु
  • ८साउदी पुगेको साता दिनमै काठको बाकसमा फर्किए
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८० आश्विन ११, बिहिबार
in
होमपेज / अपराध
  • ७३६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • गुण्डा नाइके रमेश लामा ‘चाईनिज’लाई छुटाउन एमालेको एउटा गिरोह सक्रिय

  • संदेश पत्र
  • २०७९ भाद्र १३, सोमबार (१ साल अघि)
  • फाईल तस्विर

    काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको सुकुटेमा नेपाली कांग्रेसका स्थानीय नेता धनबहादुर कार्की ‘बलराम’लाई अपहरण गरेको अभियोगमा पक्राउ परेका गुण्डा नाइके रमेश लामा ‘चाईनिज’लाई छुटाउन एमालेको एउटा गिरोह सक्रिय भएर लागेको छ ।

    ‘चाईनिज’को मुद्दालाई सिन्धुपाल्चोक प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको छ । गुण्डा नाइके ‘चाईनिज’लाई छुटाउन र मुद्दा कमजोर बनाउन एमालेका स्थानीय नेताहरू पैसाको खोलो बगाउनेभन्दै हिँड्ने गरेको पीडित पक्षको आरोप छ । एमालेका नेताहरूले गुण्डा नाइके ‘चाईनिज’लाई जसरी पनि छुटाउने र पैसाको खोलो बगाउने भनेर हिँडेपछि पीडित न्याय नपाइने हो कि भनेर डराएको छ ।

    ‘चाईनिज’विरुद्ध प्रहरीले शरीरबन्धक तथा अपहरण मुद्दाको अभियोग लगाएको छ ।

    सम्भवत सरकारी वकिलको कार्यालयले सोमबार जिल्ला अदालत सिन्धुपाल्चोकमा ‘चाइनिज’ मुद्दा दर्ता गर्ने र थुनछेकको बहस हुनेछ । पीडित पक्ष अदालतबाट न्याय पाउनेमा आशावादी भएर बसेको छ । पछिल्लो समय न्यायालयले आफूलाई जबरजस्त रुपमा पीडितको पक्षमा उभ्याउँदै आएको छ । प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरामाथि महाअभियोग लागेर निलम्बनमा परेपछि न्यायपालिकामाथि जनताको आशा झन् बढेर गएको छ ।

    यसअघि, प्रहरीले एमाले र माओवादी केन्द्रका ४ जना स्थानीय नेताहरूविरुद्ध कांग्रेस नेता कार्कीलाई अपहरण गरेको अभियोगमा पक्राउ पुर्जी जारी गरेको थियो ।

    अपहरण तथा शरीर बन्धकमा कार्कीले सुनकोशी गाउँपालिकाका एमालेका स्थानीय कार्यकर्ता रमेश लामा ‘चाइनिज’, सदाबहार बोर्डिङ स्कुलका सञ्चालक दिनेश थापा, उमेश खड्का र माओवादीका अमर लामाविरुद्ध किटानी जाहेरी दिएका थिए । गुण्डा नाइके ‘चाईनिज’ पक्राउ परे पनि अरु फरार छन् । फरार हुनेमा टपेन्द्र तिमिल्सिना, अमर लामा, दिनेश थापा र उमेश खड्का लगायतका व्यक्तिहरू छन् ।

    कार्कीको किटानी जाहेरपछि चार जनाविरुद्ध जिल्ला अदालत सिन्धुपाल्चोकबाट पक्राउ पुर्जीको आदेश लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख (एसपी) रामेश्वर यादवले जानकारी दिएका छन् ।

    कांग्रेस नेता कार्कीर्लाइ अपहरण गरेको अभियोगमा परेका सबै व्यक्तिहरू सुनकोशी गाउँपालिकाका हुन् ।

    अपहरणमा मुछिएका मध्येका अमर लामा माओवादी केन्द्रको सुनकोशी गाउँपालिकाका अध्यक्ष समेत हुन् ।

    रमेश लामा ‘चाइनिज’को नेतृत्वमा वैशाख २६ गते दलबलसहित आएको ‘ग्याङ’ले कांग्रेसका नेता कार्कीलाई सुकुटेको बजारमा चियापसलमा चिया खाइरहेका बेला बिहान करीव ६ बजे जरजस्ती स्कार्पियो गाडीमा हालेर लगेको जाहेरीमा उल्लेख छ ।

    अपहरणका क्रममा कांग्रेसका नेता कार्की जान नमानेपछि ‘चाइनिज’ र उनीसँगै आएको ग्याङले ‘टपेन्द्र तिमिल्सिनाले बोलाउनुभएको छ’भन्दै जबरजस्ती गाडीमा राखेको उजुरीमा उल्लेख छ ।

    कार्कीलाई अपहरण गरेर चाइनिजको ग्याङले सदाबहार बोर्डिङ स्कुलमा करीव ६/७ घण्टा बन्धक बनाएर राखेको आरोप छ ।
    कार्की अपहरणमा परेको जानकारी पाएपछि स्थानीय र प्रहरीले कार्कीलाई उद्धार गरेका थिए ।

    पक्राउ परेका गुण्डा नाइके ‘चाइनिज’ विभिन्न अपराधमा संलग्न भएका र पटक–पटक पक्राउ परेका विवादित व्यक्ति हुन् ।

    ‘चाइनिज’ले करीव १५ वर्ष अगाडि जेलमा रहेका गुण्डा नाइके सुजन पौडेल ‘रमेश बाहुन’की सानी छोरीलाई काठमाडौंमा अपहरण गरेका थिए । ती बालिकालाई चक्रपथमा राखिएको थियो । बालिका भागेर प्रहरीको सम्पर्कमा पुगेकी थिइन् ।

    पछि ‘चाइनिज’को ग्याङले महाराजगञ्जका प्रहरी प्रमुख र अन्य व्यक्तिहरूसँग सेटिङ मिलाएर रमेश बहुनकै पत्नीलाई विभिन्न आरोप लगाएर पक्राउ गराएका थिए । रमेश बाहुनकी पत्नीले पछि अदालतबाट न्याय पाएकी थिइन् ।

    ‘चाइनिज’लाई रमेश बाहुनसँगको विवाद सिन्धुपाल्चोककै सगुन श्रेष्ठसहितको ग्याङले मिलाइदिएको थियो ।

    ‘चाइनिज’का धेरै काण्डहरू प्रहरीमा दर्ज छन् । प्रहरीको हिट सूचीमा ‘चाइनिज’को नाम छ । गुण्डा नाइके ‘चाइनिज’लाई छुटाउन एमालेका नेताहरू हातधोएर लागेपछि पीडितहरू झन् त्रसिएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%१%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    सुन तस्करी छानविन आयोग गठन विवादमा

    बाबु छोराको एउटै चितामा अन्त्येष्टि

    काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

    सशस्त्र प्रहरीकाे जागिर छाेडेका अमरेशकुमारकाे कसले गर्‍याे हत्या ?

    ताजा समाचार
    १

    सुन तस्करी छानविन आयोग गठन विवादमा

    २

    बाबु छोराको एउटै चितामा अन्त्येष्टि

    ३

    इमरान खानलाइ अर्काे जेलमा सारिने

    ४

    काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

    ५

    सशस्त्र प्रहरीकाे जागिर छाेडेका अमरेशकुमारकाे कसले गर्‍याे हत्या ?

    ६

    दसैंलाई प्रतिव्यक्ति साढे १८ हजारका नयाँ नोट

    ७

    घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु

    ८

    साउदी पुगेको साता दिनमै काठको बाकसमा फर्किए

    ९

    आमा बनिन् बलिउड अभिनेत्री स्वरा भास्कर

    १०

    ७० हजार किलो चिनी भण्डारण गरिएको गोदाम सिल

    समाचार
    थप

    सुन तस्करी छानविन आयोग गठन विवादमा

    बाबु छोराको एउटै चितामा अन्त्येष्टि

    काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

    घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    news.sandeshpatra@gmail.com
    sandesh@sandeshpatra.com
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution