• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ २३, सोमबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    ३ हफ्ता अघि

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ३ हफ्ता अघि

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ३ हफ्ता अघि

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    १ महिना अघि

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    १ महिना अघि

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    १ महिना अघि

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    १ महिना अघि

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    १ महिना अघि

    आइतबार सार्वजनिक बिदा

    १ महिना अघि

    आज १८ जेठ २०८२ आइतवार, कुन राशिको कस्तो रहला ?

    १ महिना अघि
FLASH NEWS
  • १आज २०८२ साल असार १ गते आइतबारको राशिफल
  • २आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
  • ३आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल
  • ४आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल
  • ५राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
  • ६कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ
  • ७बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्
  • ८आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ अषाढ २३, सोमबार
in
होमपेज / अन्तरवार्ता
  • ११५० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • सडक, पसल पूर्ण बन्द गर्ने निर्णय

  • संदेश पत्र
  • २०७७ बैशाख ३१, बुधबार (५ साल अघि)
  • फाईल तस्विर

    भक्तपुर । भक्तपुरका दुईजनामा कोरोना पोजेटिभ देखिएपछि मध्यपुरथिमि नगरपालिकाले उच्च सतर्कता अपनाउँदै मुख्य दुईवटा सडकबाहेक सबै सडक बन्द गर्ने भएको छ । नगरपालिकालको आज आकस्मिकरुपमा बसेको कार्यपालिका बैठकले लकडाउनलाई कडाइ गर्नुका साथै सडक, पसल पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।

    नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अरनिको राजमार्ग खण्ड र पेप्सिकोला सानोठिमी हुँदै भक्तपुर जाने सडकबाहेक नगरपालिकाभित्रका अन्य सम्पूर्ण सडक बन्द गर्ने निर्णय भएको जानकारी दिए । उनले भने, “दुईवटा मुख्य सडकलाई खुला गर्ने र अरु सबै सडक स्थानीयबाहेक नयाँ मान्छेका लागि पूर्णरुपमा बन्द गरिएको छ, ती सडकमा पानी, खाद्यान्न, एम्बुलेन्स, दमकललगायत अत्यावश्यक सवारीसाधनबाहेक अरुलाई प्रवेश निषेध गरिएको छ, बाहिरबाट आएका नयाँ मान्छेलाई मध्यपुरथिमि प्रवेशमा पूर्णरुपमा रोक लगाएको छ ।”

    मध्यपुरथिमि नगरपालिकाभित्रका घरधनीलाई बाहिर जिल्लाबाट आएका कोही पनि व्यक्तिलाई बस्न नदिन निर्देशन जारी गरेको बताउँदै उनले कोरोना परीक्षण नगरी बसेका व्यक्तिमा पछि कोरोना भएको पुष्टि भएमा घरधनीलाई कारवाही गर्ने नगरपालिकाले निर्णय गरेको छ । नगरप्रमुख श्रेष्ठले भने, “हामी जटिल अवस्थामा छौँ, यस्तो बेलामा सानो लापरवाहीले ठूलो नोक्सान हुनसक्छ, त्यसैले कोरोना नेगेटिभ पुष्टि भएको प्रमाण बोकेर आउनेबाहेक विभिन्न जिल्लामा गएर फर्केर आएका व्यक्तिलाई आफ्नै कोठामा पनि बस्न दिएर संक्रमण भेटिएमा घरधनी आफै कारबाहीको भागिदार हुनुपर्छ ।”

    नगरपालिकाले लकडाउनलाई कडा गर्ने बताउँदै बिहान ९ बजेसम्म मात्रै तरकारी बजार खोल्न पाउने, खाद्यान्न, औषधि, ग्यास, पानीजस्ता अत्यावश्यकबाहेकका सम्पूर्ण पसल बन्द गरिने बताए ।

    मासु, भट्टी, चियाखाजा पसल, फुटपाथ पसल पनि बन्द गराइने भएको छ । अत्यावश्यकबाहेक अन्य पसल खोलेमा कारवाही गरिने भएको छ । लकडाउनलाई पूर्णरुपमा कार्यान्वयन गराउन प्रहरीको साथै नगरपालिकाले १२५ जना स्वयंसेवक खटाउने भएको छ । परिचालन हुने स्वयंसेवकलाई प्रशासनको समन्वयमा नगरपालिकाले उपलब्ध गराएको पोशाक लगाएर परिचालन गरिने भएको छ ।

    नगरपालिकाका सबै जनप्रतिनिधिको स्वाब सङ्कलन गरी आफ्नै प्रयोगशालामा परीक्षण गरिएको छ । आज अपराह्न ४ बजे नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा स्थापना भएको ल्याबमा कोरोनाको परीक्षण गरिएको हो । रिपोर्ट भने आउँन बाँकी छ ।

    नगरपालिकाले कोरोना परीक्षण गर्न ल्याएको ल्याबलाई सरकारले अझै सञ्चालनमा स्वीकृति नदिँदा अन्य व्यक्तिको स्वाब सङ्कलन एवं परीक्षण गर्न नपाए पनि नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी एवं स्थानीय सञ्चारकर्मीको भने स्वाब सङ्कलन गरेर परीक्षण गर्ने भएको छ ।

    यही २९ गते सुनसरीबाट आएर मध्यपुरथिमि नगरपालिका शङ्खधर चोकस्थित साथीको कोठामा बसेकी एक २५ वर्षीया महिलालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यस क्षेत्रका करिब २० घरलाई प्रहरीले सिल गरेपछि नगरपालिकाले कडा निर्णय लिएको हो ।

    ललितपुरको निदान अस्पतालमा कार्यरत नर्सलाई कोरोना सङ्क्रमण भएपछि मङ्गलबारबाटै टेकुस्थित आइसोलेन वार्डमा भर्ना गरिएको छ । थिमि शङ्खधर चोकमै बस्ने उनकी साथी शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा कार्यरत एक नर्सको भने भक्तपुर अस्पतालमा आज स्वाब सङ्कलन गरी परीक्षणका लागि टेकु अस्पताल पठाएर सोही अस्पतालको आइसोलेसनमा राखिएको छ ।

    भक्तपुर कै चाँगुनारायण नगरपालिका–१ दुवाकोट बस्ने सशस्त्र प्रहरी बलका एक प्रहरीलाई पनि कोरोना सङ्क्रमण भएको पाइएको थियो । उनको पनि टेकु अस्पतालमा उपचार भइरहेको छ । सङ्क्रमित प्रहरीका छोरासहित परिवारलाई पनि परीक्षणका लागि टेकु अस्पताल पठाइएको छ । शङ्खधर चोकको सिल गरिएको बस्तीका बासिन्दाको पनि भक्तपुर अस्पतालमा कोरोना परीक्षण शुरु गरिएको छ । त्यस्तै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत स्टाफ नर्समा कोरोना भाइरस पोजेटिभ नदेखिएको केन्द्रले दाबी गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    ताजा समाचार
    १

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    २

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ३

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ४

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ५

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    ६

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    ७

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    ८

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    ९

    आइतबार सार्वजनिक बिदा

    १०

    आज १८ जेठ २०८२ आइतवार, कुन राशिको कस्तो रहला ?

    समाचार
    थप

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution